Skip to content

यो मनको पीर भन्न भा’छैन

यो मनको पीर भन्न भा’छैन
गडेको छ तीर भन्न भा’छैन
आँखा कहिल्यै ओभानो भएन
कति बगे नीर भन्न भा’छैन
बेचैनीमा सास बढ्न थाले
मन छैन थिर भन्न भा’छैन
पीरको भारी कहाँ बिसाउ?
ढल्मलिन्छ शरीर भन्न भा’छैन
नजर जुधाउन नआए हुन्छ
उठ्दैन यो शिर भन्न भा’छैन
आश्वासन दिन बेकार छ साथी
खोजि रा ‘छु भीर भन्न भा’छैन`

रोहित असीम, सुन्दर बजार३, लम्जुंग
हाल: दोहा, कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *