खबरदारी र विज्ञ
भर्खरै बृहत् जनआन्दोलनबाट शान्तिपूर्ण क्रान्ति सम्पन्न गरेको एउटा मुलुकले अग्रगामी परिवर्तनअनुसार साहित्य, संस्कृति र कलाको क्षेत्रमा नयाँ दृष्टिकोण र बहुल सांस्कृतिक चेतनाका साथ काम गर्ने गरी एउटा राष्ट्रिय सांस्कृतिक केन्द्र गठन गर्ने निर्णय गर्यो । एउटा उच्चस्तरीय सांस्कृतिक नीति निर्माण समिति गठन गरियो, जसमा सबै प्रमुख आन्दोलनकारी दलका प्रतिनिधि र सांस्कृतिक क्षेत्रमा कार्य गरिरहेका, जातजाति, विविध भाषाभाषीका प्रतिनिधि समावेश गरिए ।
