कायम रहेन जता माया उतै नजर प्रा. डा. देवीप्रसाद गौतम संगीत/कला समीक्षा गोरखापत्र by kbsJune 26, 2010बेनीको बजार गीति सङ्कथनमा एउटी युवतीको आत्मगत प्रस्तुति छ । यसमा विशिष्ट लयले युवतीको संवेगात्मक स्थितिलाई प्रखर बनाएको छ । यस संकथनकी समाख्याता युवतीको आत्मकथनबाट सामाजिक जटिलतामा जेलिएको पारिवारिक द्वन्द्वको अवस्था उद्घाटित भएको छ ।