Skip to content

प्रा.डा. गार्गी शर्मा

जननी र जन्मभूमि

जननी र जन्मभूमि स्वर्गभन्दा ठूला
सानैदेखि सुन्दै आएँ महावाणी यस्ता
काख दिन्छन् नाम दिन्छन् दुबै साथसाथ
जन्मसिद्ध अधिकार मिल्छ दुबैबाट ॥ १

दुबै दिन्छन् नानीलाई आफ्नो भाषाभूषा
तर आमा जति न्यायी अरु हुन्छन् कहाँ
आमा दिन्छिन् बराबरी आफ्नो श्रीसम्पति
मातृभूमिको लिन्छन् उच्च अधिकारी ॥ २