Skip to content


जननी र जन्मभूमि स्वर्गभन्दा ठूला
सानैदेखि सुन्दै आएँ महावाणी यस्ता
काख दिन्छन् नाम दिन्छन् दुबै साथसाथ
जन्मसिद्ध अधिकार मिल्छ दुबैबाट ॥ १

दुबै दिन्छन् नानीलाई आफ्नो भाषाभूषा
तर आमा जति न्यायी अरु हुन्छन् कहाँ
आमा दिन्छिन् बराबरी आफ्नो श्रीसम्पति
मातृभूमिको लिन्छन् उच्च अधिकारी ॥ २

मातृभूमि दिन्छिन मान ठूलालाई मान
बलियाको राज हुन्छ निर्धो यसै मर्छ
धनी हुने उनै नेता महलका वासी
निर्धोलेत छाउपडी पाए पनि जाती ॥ ३

साना माछा खानपाई हुर्केने ती ठूला
उच्च पद उच्च स्थान शूल्य निम्नलाई
कामभन्दा कुरा धेरै जान्नु पर्ने हुंदा
लिदा रेछन् बेला बेला छेपारोको चाला ॥ ४

लाठी मुंग्री उनकै हात अरु भेडा बाख्रा
ढुकुटीमा भएजति मानौं तिनकै पेवा
जति सक्यो उति झिक्छन् बोल्ने कोही हुन्न
बलिया ती मिलि हाल्छन् डर कोही लिन्न ॥ ५

मान्नुपर्छ जन्मभूमि स्वर्ग जस्तै उच्च
स्वर्ग भित्र राज गर्छन सधै छट्टू इन्द्र
मिलेमत्तो आआफ्नोमा देखाउने द्वन्द
जनतालाई झुक्याउने अर्को षडयन्त्र ॥ ६

जसको सिँग उसको राज अरु हेरा हेरी
बोल बोल मछली मुख भरि पानी
यसैगरी लुटिदैंछौं दुई करोड हामी
भन्नै पर्ने फेरी पनि उच्च जन्मभूमि ॥ ७

छक्का पाजा जान्ने जति धीर वीर उच्च
बाकी अरु बेकामी रे जलकुम्मी झार
यस्तो देख्दा देख्दै पनि उनी हुन्छिन् मुक
अलि भनौ कसोगरी जन्म भूमि उच्च ॥ ८

भूमिपति कुसर्ीपति भाषणका नेता
निर्धालाई छैन हजुर तीन हात वित्ता
ठूला कुसर्ी आफैलाई बाँकी आफ्नालाई
सिधा सादा पर्खी बस्ने आश्वासनलाई ॥ ९

पत्याउनु छैन अब ठगी आश्वासन
यस्ता नेतातन्त्रवाट के हुन्छ उन्नत
शोषिएका उठौं सब राकौं ठगतन्त्र
नेपालीको जन्मभूमि देउ सुसंस्कार ॥ १०

माया मुटु दिने आमा जस्तै हुनुपर्छ
चाहिएमा बरु दिन्छौं काटी आफ्नै शिर
अधि बढ उखेल यो दादा गिरी तन्त्र
जननी र जन्मभूमि हुनु पर्छ एक ॥ ११

क्षेत्रपाटी काठमाडौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *