Skip to content

दिलु थापा मगर

मेरो भुल रहेछ

मेरो भुल रहेछ

कहिलै नसुक्ने माया तिम्रो मूल रहेछ
सुकीजाने खोलिमा खोजे त्यो त मेरो भुल रहेछ

पराइ लाई गरि बिस्वाश उसकै भर पर्दा
बदलामा पिडा पाए उसलाई माया गर्दा

कहानी होइन

आखाबाट बगाएको आशु,यो कुनै पानी होइन
तिमीलाई सुनाएको पिडा त्यो कुनै कहानी होइन

बिबशाताको आगो मा जलिरहेछु हरपल म यहा
खोट नलगाउ मायामा धोका दिने मेरो बानी होइन

किन माग्छौ

किन राख्छौ आशा हरियालीको
चैत बैशाखको खडेरी हुँ म
किन सोच्छौ भबिस्य मलाई
दियोमुनिको अधेरी हुँ म

किन डुब्न खोज्छौ मायाको सागरमा
किनार लागिसकेको बगर हुँ म
किन ठान्छौ बाँच्ने आधार मलाई
साथ छुटाउने जहर हुँ म