Skip to content


ढल्की गयो रात तर पनि पर्खिरहें
कसैको छायाँ मानी म झस्किरहें

तिमी बिना लामो थियो यात्राहरू
आउदै छौ कि भनी पछी फर्किरहें

छोडी गयो बैगुनीले बनाई एक्लै
फेरि पनि माया उसलाई पस्किरहें

चाहिंदैन अब तिम्रो झुटो मायाहरू
अनायासै तिम्रो पर्खाइमा बसिरहें

1 thought on “तिमी बिना”

  1. थोरै शब्दमा धेरै भावना व्यक्त
    थोरै शब्दमा धेरै भावना व्यक्त गर्नुभा’छ। सलल बगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *