Skip to content

घायल योद्धा

भुलेर नि तिम्रो तस्बिर छुने छैन अब

भुलेर नि तिम्रो तस्बिर छुने छैन अब
तिम्लाई सम्झी छाती पिट्दै रुने छैन अब

पराईको सिन्दुरले खाली सिउँदो भरे पनि
दु:ख छैन तिम्रो माया सदालाई मरे पनि
आँसु झारी परेलीलाई धुने छैन अब
भुलेर नि तिम्रो तस्बिर छुने छैन अब

जुनकिरी साहित्य समाज काभ्रेको साहित्यक कार्यक्रमम हुने बारेको सूचना

मिति २०६७ श्रावण ३१ गते

श्रीमान् कार्यालय प्रमुखज्यू
सम्पूर्ण प्रकाशन एवम् प्रसारण सम्बन्धित सङ्घ-संस्थाहरू ।

विषयः प्रेस विज्ञप्ती

यस जुनकिरी साहित्य समाज काभ्रेले आगामी भदौ १९ गते शनिबार का दिन राजधानि र मोफसलका सम्पुर्ण नया तथा पुराना साहित्यकारहरूको जमघट गराई चैतन्य बहुमुखी क्यामपस बनेपामा साहित्यिक भेला तथा खुल्ला रचना वाचन कार्यक्रम राखेको हुदा सम्पुर्ण साहित्यका साधकहरुलाई ऊक्त कार्यक्रममा आ-आफ्ना रचना सहित बिहान ठिक ११ बजे ऊक्त स्थानमा उपस्थित भैदिनुहुन हार्दिक आमन्त्रण गर्दछु।

गज़ल (फूलले पनि मैलाई काट्छ धार भएपछि)

फूलले पनि मैलाई काट्छ धार भएपछि
तिम्रो मेरो छुट्टा-छुट्टै ससार भएपछि

बिछोड्को पलमा उसै मुस्कुराउँछ्यौ तिमी
प्रभातको रौनक कहाँ अन्धकार भएपछि

पीडाको त्यो सन्तापले छाती पुरै पोल्छ
एउटै मुटु टुक्रिएर चार भएपछि

यसै गरी आशु सधै झार्छ्यौ कति सानु

यसै गरी आशु सधै झार्छ्यौ कति सानु
रुदा रुदै आफै कमजोर पार्छ्यौ कति सानु

पल – पलमा बेदनाको राकै छुटाएर
पीडा लुकाई कयै ब्यथा टार्छ्यौ कति सानु

बाबु चाडै फर्की भनी छुनुहुन्थ्यो आमा

बाबु चाडै फर्की भनी छुनुहुन्थ्यो आमा
हेर्दै मलाई धुरूधुरू रुनुहुन्थ्यो आमा

धन कमाई जाऊँला भनी मुग्लानमा हुँदा
यिनै नयन वरिपरि हुनुहुन्थ्यो आमा

भोकै परिस् भने छोरा यै बेची खानु भन्दै
कानकै मुन्द्री लैजा भनी फु’नुहुन्थ्यो आमा