सूचना/विज्ञप्ति

सर्वाधिक पुरस्कार राशिको विश्वब्यापी नेपाली कविता प्रतियोगिता हुँदै

सर्वाधिक पुरस्कार राशी सहित विश्वब्यापी नेपाली कविता प्रतियोगिता हुनेभएको छ । प्रतियोगिता सगरमाथा साहित्य प्रतिष्ठान नेपालले आयोजना गर्न लागेको हो । सर्वोत्कृष्ट हुने कविले पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँसहित प्रमाणपत्र पाउने छन् । यो राशी कविता प्रतियोगितामा अहिले सम्मकै सर्वाधिक पुरस्कार राशिरहेको कुरा संस्थाको अध्यक्ष कृष्ण विश्वकर्मले बताउनु भयो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सयपत्री सम्मान र आर्थिक पाटो

  • by

सम्मान शब्दले आदर, सत्कार गर्नु भन्ने अर्थ राख्दछ । नेपाली शब्दकोश अनुसार सम्मान भन्नाले विशेष मान, ठुलो आदार वा सत्कार, इज्जत, प्रतिष्ठा भन्ने बुझिन्छ । आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर गाउँ, समाज र राष्ट्रका लागि केही गरौं भन्ने सामाजिक भावनाले ओतप्रोत भई निःस्वार्थ रुपमा सामाजिक सेवामा लाग्ने व्यक्ति नै समाजका सम्मानित व्यक्तित्वहरू हुन । यस्ता व्यक्तिहरुलाई समाजले कुनै न कुनै रुपमा सम्मान गरिरहन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

समवेदना

प्रसिद्ध कवि गगन विरही नेपाली साहित्यको एक होनहार धरोहरका रुपमा स्थापित थिए ।

उनले नेपाली कविताको क्षेत्रमा अमूल्य योगदान दिएका छन् र उनका उच्च कोटिका कविता लगायतका रचनाहरुले नेपाली साहित्यमा गुन गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शुभकामना

आदरणीय सदानन्द अभागीज्यूको मोतीयाविन्दुको सफलतापूवर्क शल्यक्रिया भएर आराम गरिरहनु भएको छ । उहाँको उन्नति र सुस्वास्थ्यको हार्दिक कामना मझेरीका सबै पाठक र लेखकहरुका तर्फबाट ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
20160618_KalpanaPoudelJigyasu-Notice

२०३औं भानुजयन्तीको अवसरमा विश्वव्यापी मुक्तक प्रतियोगिता (सूचना)

मुक्तक विधाको विकास र विस्तार गर्ने उदेश्यले २०३औं भानु जयन्तीको अवसरमा विश्व नेपाली साहित्य महासंघ इजरायल शाखा र विश्व नेपाली साहित्य महासंघ साउदी अरेबिया शाखाको संयुक्त आयोजनामा हुन गइरहेको विश्वव्यापी अनलाइन मुक्तक प्रतियोगिताका लागि जम्मा तीन ओटा मुक्तक आव्हान गरिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कोरियामा ‘हिउँद कविता-२०१५’ हुने

हिउँको चिसोले कठ्याङ्ग्रिएको कोरियालाई नेपाली कवि, गजलकारहरूले आफ्ना साहित्यिक सृजना मार्फत तताउने भएका छन्। यही डिसेम्बर २७ तारेखका दिन नेपाली साहित्य समाज दक्षिणकोरिया (नेसास) र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको कोरिया च्याप्टर (अनेसास)को संयुक्त आयोजनामा ‘हिउँद कविता २०१५’ नामक साहित्यिक कार्यक्रम हुने भएको हो। कार्यक्रम दक्षिण कोरियाको थेगु शहरमा आयोजना हुनेछ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सगरमाथा साहित्य परिषद्को हार्दिक आमन्त्रण

सगरमाथा साहित्य परिषद्को संयोजकत्वमा ६५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा ‘खुल्ला कविता प्रतियोगिता’ आयोजना हुने भएकोले ‘प्रजातन्त्र’को सेरोफेरोमा रही लेखिएका आ–आफ्ना मौलिक कविता (गजल, गीत, प्यारोडीसमेत) वाचनका लागि इच्छुक साहित्यानुरागी महानुभावहरूमा हार्दिक अनुरोध छ ।

मिति – २०७१ फाल्गुन ७ गते
समय – १ बजे ।
स्थान – जिल्ला विकास समितिको सभाकक्ष
पुरस्कार– प्रथमलाई नगद रु. १,५०० एवं प्रमाण पत्र
द्वितीयलाई नगद रु. १,००० एवं प्रमाण पत्र
तृतीयलाई नगद रु. ५०० एवं प्रमाण पत्र

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सयपत्री राष्ट्रिय सम्मान २०७१

  • by

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०५ औं जन्मजयन्तीको अवसरमा शिक्षाविद् तथा काठमाण्डौं विश्वविद्यालयका पूर्व-उपकुलपति प्रा.डा. सुरेशराज शर्माको प्रमुख आतिथ्यतामा वरिष्ठ साहित्यकारद्वय एस.पि आशाज्यू तथा हरिप्रसाद पाण्डेज्यूलाई (दम्पति सहित) सयपत्रि राष्ट्रिय सम्मान २०७१द्वारा सम्मानित गरिने तथा राष्ट्रिय स्तरका कविहरू र काभ्रे जिल्लाका कविहरूको कविता वाचन गर्ने विशेष कवि गोष्ठी हुने भएकाले उपस्थितिका लागि सादर अनुरोध गर्दछौं ।

मिति : २०७१ कात्र्तिक ६ गते लक्ष्मीजयन्ती
समय : विहान ११:०० बजे
स्थान : जनज्योति मा.वि उग्रतारा जनागाल काभ्रे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
SushilSubba

कवितासंग्रह विमोचन कार्यक्रम

यही २०७१ साल कार्तिक २१ गते (Nov 7, 2014) शुक्रबारका दिन ‘ देश दुखेको बेला’ नामक कवितासंग्रहको विमोचन कार्यक्रम सम्पन्न हुन लागेकोले उक्त कार्यक्रमको सफलताको लागि हजुरको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछु ।

समय : दिउँसो १ः३० बजे देखि
स्थान : नेपाल प्रज्ञा प्रतिष्ठान (प्रवचन कक्ष –१)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मझेरीका साथीहरुसँग गुनासो

मलाइ यस साइटले निकै आकर्षित गरेको हो । यसको आकर्षण अहिले पनि म मनग्गे नै देख्छु तर यसका पाठकहरु र यसका उपयोगकर्ताहरुमा अरुको सामग्री कम पढ्ने र पढे पनि अरुका सामग्रीबारे कुनै प्रतिक्रिया नदिने गरेको पाएँ । साथीहरु यसभित्र प्रवेश गरेपछि यसका आफ्ना रुचिका विषयहरु पढौ‌ र कमी बेसी बारे आफूले जानेसम्मको टीप्पणी पनि गरौ‌ । मेरो सुझाव भयो । अन्यथा नलिनुहोला ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सूचना

मझेरीका साथीहरूमा अनुरोध ।

भारती कालीन साहित्यकार राधिका रायका बारेमा झापा भद्रपुरबाट देवकोटा स्म्रृतिभवनले पहिलो पुण्यतिथि चैत्र १२ २०७० को छेक पारेर राम्रै स्मृतिग्रन्थ निकालिरहेको छ ।

उहाँका बारेमा जानकार तथा उहाँमाथि श्रद्धा चढाउने साहित्यकार मित्रहरूलाई आफ्ना सामग्री मेरो इमेलमा पठाइदिनु भए समावेश हुने कुरा पनि जानकारी गराएँ ।

इमेलः[email protected]

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

BOOKLOVERS NEPAL

.किताबका किराहरुका निम्ति हामीले फेसबूक मा एक साहित्यिक प्लातफोर्मको परिकल्पना गरेका छौ /आफुले पढेका वा पद्न मन लागेका कुनै पनि कृतिका समिछ्या वा समालोचना वा छलफलका निम्ति “बूकलोवरस् नेपाल (BOOKLOVERS NEPAL)”मा सम्पूर्ण किताबप्रेमी नेपाली दाजुभाइ दिदीबहिनी लाई स्वागत छ /

यो लिंकमा जानुहोला
https://www.facebook.com/groups/booklovers.nepal/

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ब्लड क्यान्सरले पिडित बालिकाको सहयोगार्थ

आदरणीय मझेरी.कम का सम्पुर्ण मित्रहरू:

एउटी सानी नानी ब्लड क्यान्सरले पीडित भएर जीवन-मृत्युको दोसाँधमा देख्दा मेरो मन साह्रै कुँडिएको छ । हाम्रो भेट मेरो पत्थरीको अप्रेशन गर्नेबेला ओम हस्पिटलमा भएको थियो । खर्च अभावले उपचार गर्न नसक्ने भन्ने कुरा सुन्दा धेरै दु:ख लागेको छ । त्यसैले यो कुरा तपाईहरू सामु पुर्याएँ भने केही सहयोग उपलब्ध हुने थियो कि भन्ने आशा छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अन्तराष्ट्रिय नेपाली कविता महोत्सव २०११ को प्रेस विज्ञक्ति

  • by

आगामी जुलाईको १-३ मा अमेरिकाको वासिङ्टन डि.सी. मा हुन लागिरहेको अन्तराष्ट्रिय नेपाली कविता महोत्सव २०११ का लागि कविता पठाउन हुन विश्वभरिका इच्छुक नेपाली कवि-साहित्यकारहरूमा हार्दिक अनुरोध गर्दछौं ।

पुरस्कार
१. प्रथम – ‘हेम सरिता पाठक भानुभक्त काव्य पुरस्कार’ प्रमाण पत्र सहित युएस् १००० डलर नगद
२. द्धितीय – ‘शर्मा मुडभरी मोतीराम काव्य पुरस्कार’ प्रमाण पत्र सहित युएस् ३०० डलर नगद
३. तृतीय – ‘बसुन्धरा गणेश रोका देवकोटा पुरस्कार’ प्रमाण पत्र सहित युएस २०० डलर नगद

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

‘मुक्तक विशेषांक’ हेतु रचनाएँ आमंत्रित

चर्चित साहित्यिक एवं सांस्कृतिक त्रैमासिक पत्रिका ‘सरस्वती सुमन’ का आगामी एक अंक ‘मुक्‍तक विशेषांक’ होगा जिसके अतिथि संपादक होंगे सुपरिचित कवि जितेन्द्र ‘जौहर’। उक्‍त विशेषांक हेतु आपके विविधवर्णी(सामाजिक, राजनीतिक, आध्यात्मिक, धार्मिक, शैक्षिक, देशभक्ति, पर्व-त्योहार, पर्यावरण, शृंगार, हास्य-व्यंग्य, आदि अन्यानेक विषयों/ भावों) पर केन्द्रित मुक्‍तक/रुबाई/कत्अ एवं तद्‌विषयक सारगर्भित एवं तथ्यपूर्ण आलेख सादर आमंत्रित हैं।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तेहथुमे गजलकारका लागि अत्यन्त जरुरी सूचना

गजल संवन्धी बहसद्वारा तेह्रथुम जिल्लाको गजलकारिताः हिजो र आज नामक कार्यपत्र तयार पार्न लागेको हुँदा संपूर्ण गजलकारहरुलाई आ -आफ्नो नाम टिपाउनु हुन सादर अनुरोध गरिन्छ । लामो समय सम्म गजलकारितामा रहेर पनि संग्रह प्रकाशन गर्न नसकेका गजलकारलाई पनि समेटिने हुनाले सवैले आफ्नो जानाकारी वायोडाटा सहित उपलव्ध गराउँन नभुल्नु होला । संग्रह प्रकाशन भएकाको हकमा संग्रहको नाम प्रकाशन मिति प्रकाशकको नाम उल्लेख हुनु पर्ने छ भने संग्रह प्रकाशन नभएकाले कहिले देखि गजल लेख्न थालेको हो । हाल सम्ममा कति गजलहरु प्रकाशन भएका छन । कुन कुन पत्रिकामा प्रकाशन भएका छन त्यो पनि उल्लेख गर्नु पर्ने हुन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ANMA/NASeA को सयुक्त सम्मलेनमा साहित्यिक कार्यक्रम बारे सूचना !!

  • by

पूर्व सूचना अनुसार आउँदो सेप्टेम्बर महिनाको ३ देखि ५ तारीख सम्म सम्पन्न हुन गैराखेको ANMA एवम NASeA को सयुक्त सम्मलेनमा अनेसासको तत्वाबधानमा भव्य प्रतियोगितात्मक कवि गोष्ठी तथा विविध साहित्यिक कार्यक्रम हुने कुराको सहर्ष जानकारी गराउदछौं । प्रतियोगितामा भाग लिन इच्छुक महानुभावहरूले समयमा नै आफ्नो कविताहरू निम्न ठेगानामा इमेल मार्फत पठाई दिनु हुन बिनम्र अनुरोध गर्दछौ । उक्त सम्मलेनमा स्वयं उपस्थित हुन असमर्थ हुने साहित्यिक श्रष्टाहरूले पनि आ-आफ्नो रचनाहरू पठाउनु भएमा कार्यक्रममा बाचन गरिने छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जुनकिरी साहित्य समाज काभ्रेको साहित्यक कार्यक्रमम हुने बारेको सूचना

मिति २०६७ श्रावण ३१ गते

श्रीमान् कार्यालय प्रमुखज्यू
सम्पूर्ण प्रकाशन एवम् प्रसारण सम्बन्धित सङ्घ-संस्थाहरू ।

विषयः प्रेस विज्ञप्ती

यस जुनकिरी साहित्य समाज काभ्रेले आगामी भदौ १९ गते शनिबार का दिन राजधानि र मोफसलका सम्पुर्ण नया तथा पुराना साहित्यकारहरूको जमघट गराई चैतन्य बहुमुखी क्यामपस बनेपामा साहित्यिक भेला तथा खुल्ला रचना वाचन कार्यक्रम राखेको हुदा सम्पुर्ण साहित्यका साधकहरुलाई ऊक्त कार्यक्रममा आ-आफ्ना रचना सहित बिहान ठिक ११ बजे ऊक्त स्थानमा उपस्थित भैदिनुहुन हार्दिक आमन्त्रण गर्दछु।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
PallavSahitya-201008

पल्लव साहित्य प्रतिष्ठानको साहित्यिक एवं सम्मान कार्यक्रम बारेमा सूचना

मिति २०६७ श्रावण २६ गते
श्रीमान् कार्यालय प्रमुखज्यू
सम्पूर्ण प्रकाशन एवम् प्रसारण सम्बन्धित सङ्घ-संस्थाहरू ।

विषयः प्रेस विज्ञप्ती

यस पल्लव साहित्य प्रतिष्ठानले आगामी भदौ १० गते बिहीबार तदनुसार २६ अगस्त २०१० का दिन राष्ट्रियस्तरका वाङ्मयसेवी साहित्यकारहरूको उच्च मूल्याङ्न गरी उहाँहरूलाई सम्मान एवम् पुरस्कृत गर्ने र साहित्यिक पत्र-पत्रिकाहरू विमोचन तथा रचना वाचन गर्ने कार्यक्रम चितवनको देवघाटधामस्थित एन्आरएन् वृध्दाश्रमको प्रेक्षालयमा सम्पन्न गर्ने गरी आयोजना गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लेख रचना चोरबाट साबधान !

केही दिन अगाडि ईन्टरनेट चहार्दै हिँड्दा अचानक एउटा साईटमा मेरा आधा दर्जन जती रचनाहरु बिना सूचना र मेरो नाम र पूर्व प्रकाशित मेरो ब्लको व्याकलिन्क समेत नदिई छापिएको भेटें । ति मध्य केही कथाहरु धेरै अगाडी गोरखापत्र, कान्तिपुर, साप्तहिकमा प्रकाशित र एउटा भने राष्ट्रव्यापी लघुकथा सम्मेलनमा पुरस्कृत समेत थियो । आफ्नो रचना सिधै चोरेर व्यवसायीक प्रयोजनकासाथ अर्काको साईटमा राखेको देखेपछि रिस उठ्नु स्वाभाविक नै हो, तैपनि भुलवस भएको पनि हुनसक्ने अनुमान गरेर सभ्य ढंगले सो साईटको कमेण्ट बक्स, च्याट बक्स र त्यसका एडमिनलाई पनि सो रचनाहरु आफ्नो भएको जानकारी गराएँ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •