Skip to content

पीताम्बर बन्जाडे

श्री राज्य विभाजन ब्रत कथा

  • by

कुमारजी आज्ञा गर्नुहुन्छ हे अगत्स्यमुनि ताहाँउप्रान्त शिवजीले दक्षको टाउको काटी सम्पूर्ण यज्ञमा उपस्थित तेत्तीसकोटी देवता प्रभृतिलाई तहसनहस पारेर सतीदेवीको लासलाई पिठ्युँमा बोकी सारासंसार भ्रमण गर्न लाग्नुभयो । दक्षप्रजापतिको समर्थकहरूलाई मुला काटे झैँ छप्काउँदै र आफ्ना भक्तजनलाई वरदान पनि दिँदै जानुभयो जहाँ शिवजी पुग्नुहुन्थ्यो ताहाँ ताहाँ एक एक राज्य र दिक्पालसमेत राख्दै जानुभयो ।