Skip to content

रविन्द्र कुमार मण्डल

निष्ठुरी

  • by

उनी अरुको अंगालोमा, मेरो अंगालो खाली
बाहिरी दुनियाँ फूल जस्तो, भित्री दुनियाँ जाली

फूललाई काँडाले बचाउँछ, चुमी जान्छ भँमरा
काँडाको पीडा कस्ले बुझ्छ, रोइरन्छ बिचरा
बनावटी माया लगाई निस्ठुरीले छली
बाहिरी दुनियाँ फूल जस्तो भित्री दुनियाँ जाली

संसार छोड्नु पर्यो

  • by

नचाहेको कालो रात, फर्कनु आयो आज
कहिले न सुनेको कुरा, सन्नु पर्यो आज

मुटुभरि ब्याथा दियौ, आँखाभरि पानी
कहिले न खाएको चोट, सहनु पर्यो आज

RabindraKumarMandal

प्रेमको खोजी

  • by

मेरो मनको तस्विर अब, कागजमा कोर्नु पर्यो
को हो? कुन्नि थाहा छैन, अब मलाई खोज्नु पर्यो

रातको सपनामा, उनको माया पाएको छु
विपनामा माया पाउन, अब मैले खोज्नु पर्यो