Skip to content

कञ्चन पुडासैनी

बूढा बाबु र बिनायक राम

  • by

उसका बाबुको विवाह केटीका बाबुहरूले उनको दुब्लै बान्कीको मुख र सानो घर हेर्दै फर्कंदै गर्ने गरेका हुनाले छब्बीस वर्षको उमेर पुगेपछि एउटा दुःखी परिवारकी एघार वर्षी छोरीसित बल्ल भएको थियो । पहिले उनको जरज्यथा थोरै देखेर केटी दिन गाहारो मानिएको थियो त पछि छिप्पिएको केटो देख्ता अझसम्म विवाह नहुनुमा उनका बैगुन अरू पनि होलान् भन्ने ठानिएको हुँदो हो । उनको पछिल्लो सन्तान छोरो तेह्र वर्षको भइसकेको हुनाले उसकी आमालाई सबैले बेत बसेकी आइमाई मानिसकेका थिए ।