रचना द्वैमासिक

जूनकीरीको देश

माघ महिनाको कठा्याङग्रिने जाडोमा श्रीस्वस्थानी परमेश्वरीको एक महिने कठोर ब्रत बस्ने भनेको लाग्छ नेपालमा मात्र होला । महिना दिनसम्म गरेका आराधनाले प्रशन्न भएका आरध्य देव महादेव र माता पार्वती कैलाश पर्वतबाट भक्तहरूलाई आर्शिवाद दिन नेपाल आई पुगे । लामो समय पछि यस भूमिमा पाईला टेकेकी पार्वतीले यस पुण्य भूमिको एक फन्को मारि चारैतिर हेर्ने इच्छा व्यक्त गरिन । भगवनलेपनि हुन्छ भनी खुसी व्यक्त गरे । पुष्प विमानमा बसी दुवै चारैतिरको सुन्दर छटा रमाइलो मानी अवलोकन गर्दै थिए । त्यतिकैमा उनीहरूको नजर गाडीको आवतजावत रोकी सडकमा लामो रातो ताती, सँगसँगै मानिसको भीडभाड देखे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

किस्सा एक जुझारुको

  • by

२००२ सालमा भरत शमशेर त्रिचन्द्र कलेजमा बीएको तेस्रो वर्षमा पढ्दै थिए । २००७ साल आउन निकै दिन बाँकी थियो । शक्तिशाली कमाण्डिङ् जेनरल बबरशमशेरका नाति भरत उसै बेलादेखि जुझारु स्वभावका थिए । ‘शारदा’मा लेख लेखेर बालकृष्ण, लेखनाथहरू जस्ता हस्तीको भाषालाई गिज्याउने र ‘निरीह’ बोधविक्रम (अधिकारी)को दन्त्यकथाको भाषालाई सर्‍हाउंदै ‘हामी कता -‘ भन्ने लेख लेख्ने ‘विद्रोही’ भैसकेका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपालको सङ्गीत क्षेत्र र सिर्जन अविरलको पुस्तक

  • by

पुराना सम्झना केलाउँदा सङ्गीत क्षेत्रका मेलवादेवी, मित्रसेन, तथा नेपालका आदि गायक सेतुराम बारे सम्झना हुन्छ । यी तिनै जना प्रसिद्ध गायक गायिकाका कलकत्तामा रेकर्ड गरिएका ग्रामोफोन रेकर्डहरू हाम्रो घर गहिरीधारा र विशालनगरमा बज्ने गर्थे र म आनन्दसाथ सुन्ने गर्थें । नेपाली सङ्गीतका पहिलो गायक भारतको भाक्सुका नेपाली गायक माष्टर मित्रसेनको अवसान भइसकेको थियो । त्यस्तै मेलवादेवी काठमाडौं छोडेर कलकत्तामा बस्ने गरेकी थिइन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मनको एउटा आधारभूत समस्या

  • by

म अहिले शून्यतामा, रिक्ततामा, असाधारण अभावमा, भौतिक कुरा छोडौं मानसिक कुराको समेत अतुलनीय खोक्रोपनमा बसिरहेको छु । म बाँचेको नै छु । प्रमाण के भने म अहिले कलम लिएर पाठक समक्ष आइरहेको छु, म खाइरहेछु, बसिरहेछु, सुतिरहेछु, फेरि दिनदिनै ब्युँझिपनि रहेछु । मलाई मसित काम पर्नेदेखि मलाई चिन्नेसम्म मानिसहरू बोलाउने गर्दछन्, कहिलेकाहीँ मसित कुरा पनि गर्दछन्, आवश्यक भए केही लेनदेन पनि गर्छन् । मेरो मान राखिदिन भेट्दा र छुट्टिंदा मलाई अभिवादन पनि गर्छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

देवत्व

  • by

हाँसेको प्रकृतिमा देवत्व हुन्छ । सुन्दर प्रकृति, सुकोमल हृदय मानवीय चेत प्रष्ट पारेर देखाउने देवत्वका प्रमाण हुन् । देवत्व मुस्कुराउँछ विशेष गरी बाल मुस्कानबाट । बाल मुस्कानमा सहज, सहृदयी भाव हुन्छ किनकि ऊ मुस्कानमा मात्र हुन्छ । कपट हुँदैन, उसले झापट पनि दिँदैन । कपट बोकेको कालो अनुहार भित्र राक्षस हुन्छ । राक्षसी प्रकृतिको राजकाजले देवत्व मुस्कान दिन सक्ला तर त्यसभित्र देवत्व हुँदै हुँदैन । हुने, छुने सहज प्रकृतिमा हुन्छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बा

  • by

दाइको बैठकमा तास जमिरहेको छ । रातो, सेतो, कालो र खैरो रङ्गका सन्तुलित बुट्टाहरू केन्द्रबाट चारै कोणसम्म समान पाराले छरिएको ठूलो नेपाली गलैंचाको वरिपरि सेता मुजादार झल्लर भएका खोल हालेका चकटीहरू माथि कोही उपरखुट्टी लगाएर, कोही पलेंटी मारेर, कोही यौटा घुँडा उचालेर हातमा जापानी पंखा जस्तो गरेर तास फिंजाएर एकोहोरिएका छन् सवै जना त्यसमै ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ओ! अपराजिता!

  • by

तिमीले फेरि हराएकी छौ मलाई । म तिमीलाई जित्न चाहन्थें । तिम्रो खोट देखाएर तिम्रा सिद्धान्तहरूलाई पछार्न चाहन्थें । तिम्रो कमजोरी औंल्याएर तिमीलाई नैतिक रूपले गिराउन चाहन्थें । तर तिम्रो आदर्श बोली र सहृदयी भावयुक्त मृदुलवचनले म मर्माहत भएको छु । मेरो रिस र आवेशलाई कसरी आगोको अगाडि नौनी गलाएझैं गलाएकी छौ । जब म तिमीलाई पराजित गर्न हर सम्भावनाका ढोकाहरू उघार्छु तब म आफैं पराजित हुन पुग्छु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

श्रीमान्, यो प्रश्न बाँच्नुसँग सम्बन्धित छ

  • by

म श्रीमान्ले भनेजस्तै गरी बाँच्ने प्रयासमा रत छु ।

___

मैले साँच्चै जीवनमा गल्ती र चासोहीन भएर बाँच्ने क्रममा धेरै समयको निर्मम हत्या गरेको छु । मलाई लाग्थ्यो, यो बाँच्नु मेरो आफ्नो स्वत्व हो र हो भने मैले आफ्नो बाँच्नु आफ्नै ढङ्गले अधिकारसम्मत ममै निहितार्थ प्रवेश गराउनुपर्छ । यो सोचेर बाँचेको हुँ, श्रीमान्!

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रङ्गशाला

  • by

कथाकारले एउटा कार्टुन चित्रको सोच बनाइरहेको छ । त्यो कार्टुन चित्र यस प्रकार छ । कार्टुन चित्रमा एक पुरुष छ र अर्की एक महिला छे । महिला अस्पटाइरहेकी छे । त्यस भागलाई एउटा कालो पर्दाले नदेखिइने गरी ढपक्क छोपेको छ । देखिएको छ त केवल पुरुषको अनुहार, भाषण गर्दा उदाइरहने उसको दाहिने हात । पुरुषको अभिनयप”र्ण भाषण यस प्रकार छ :

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

निरङ्कुश समयको सम्बोधनमा

  • by

धेरै वर्षपछि पल्टाएको
पुरानो कुनै पुस्तकको पानाजस्तै
धूलैधूलो भएर छरिएको छ
मेरो बैंश र मेरो अतीतको जीवित स्वरूप ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पुलिस महात्म्य

  • by

म आज पुलिसको बारेमा लेख्न बसेको छु तर लेख्दा लेख्दै कुन सट्का खोरमा जाक्किनु पर्ने हो त्यसको भने कुनै ठेगान छैन भन्ने कुराको पनि हेक्का न राखेको होइन मैले । तर के गर्नु, पुलिसको बारेमा लेख्नुको मजै अर्को छ । साँच्चै भन्ने हो भने हाम्रा साहित्यकार मित्रहरूलाई महाकाव्य लेख्नु परोस्, काव्य लेख्नु परोस्, नियात्रा लेख्नु परोस्, जात्रा लेख्नु परोस्, निबन्ध वा प्रवन्ध मिलाउनु परोस्, गद्य कवितामा बग्नु परोस् वा छन्दमा बन्द हुनु परोस्, गजल गाउनु परोस् वा पजलमा बहुलाउनु परोस्, व्यंग्यलाई बटार्नु वा हास्यमा पात्तिनु परोस्, त्यसको लागि एउटा सुन्दर, प्रभावशाली, प्रभावकारी, युगयुगान्तकारी विषय पुलिस बाहेक अरु केही हुन सक्दैन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नडुब्ने घामलाई एकोहोरो नियाल्दा

  • by

छोटो-मीठो वर्तमानको आवश्यकता हो । यसलाई अर्को शब्दमा सुविधा र सभ्यताको विकासका सन्दर्भमा पनि लिन सकिने भएको छ । अबका दिनहरूमा साहित्यिक क्षेत्रमा पनि महाकाव्य र छन्दोबद्ध कविता लेख्नेहरू घट्नेछन् । लेख्ने नै नभएपछि पढ्नेहरू पनि हुने कुरै भएन । यसको विपरीत ताङ्का, मुक्तक र हाइकुहरूले भने फस्टाउने मौका पाउनेछन् । नभन्दै ती विधाका रचनाकारहरूको संख्या पनि उल्लेख्य रूपमा वृद्धि भएकै छ । अहिले नै पनि मसँग, खगेन्द्र गिरी ‘कोपिला’को ‘डुबे पनि डुब्दैन घाम’ (मुक्तक संग्रह) छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भीडसँगै हिंडिरहेको एउटा मान्छे

  • by

भीड लगातार अगाडि बढिरहेको थियो । ऊ पनि भीडसँगसँगै हिंडिरहेको थियो । सँगै हिंडिरहेको एउटा साथीले सोध्यो – “होइन, तँ हामी (भीड) सँग छस् कि छैनस् – ”

“तिमीहरूसँग नभएर कहाँ छु त म – … तिमीहरूसँगै त हिंडिरहेको छु म ।” – उसले जवाफ दियो तर साथीलाई चित्त बुझेन । उसले भन्यो – “तर म तँ लाई त हिंडिरहेको देख्तिन । तेरा गोडा मात्र हिंडिरहेको देख्छु म, तेरो मन कहाँ हिंडिरहेको छ र हामीसँग”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ऊ कुन् चीज हो

  • by

हरि सिंह कार्की चालीस वर्षअगाडि जङ्गल फाँडेर बसालेको तराइसँग जोडिएको वस्तीको मानिस हो । अठ्र्ठाईस वर्षअगाडि ऊ यहाँ जन्मिएको थियो । ऊ यहाँ जन्मिँदा उसका बाउआमा भर्खर पहाडबाट यहाँ बर्साईंसरेका थिए । त्यस बेला उसका बाउआमासँग यहाँ तीन बिगहा जग्गा थियो । अहिले उनीहरूसँग सात बिगहा जमीन, दुइ छोरा, एक छोरी, दश-आठ बस्तुभाउ, एउटा टायरगाडा (गोरुले तान्ने), एउटा थोत्रिएको पुरानो गाडा, तेर्‍ह जोर परेबा, केही कुखुरा र हाँस छन् ऊ उनीहरूको जेठो छोरो हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सफलता

  • by

वामदेवले विश्वविद्यालयको जागिर खाएको पन्ध्र वर्ष र स्थायी भएको बार्‍ह वर्ष भइसकेको थियो । ऊ आफ्नो विद्यार्थीकालमा पार्टीको सदस्यता लिएर नेताहरूको इशारा अनुसार चल्न रुचाउने भएकोले गर्दा उसको समय कितावसँग भन्दा मान्छेसँग बढी बित्थ्यो । तर उसलाई यस विषयमा चिन्ता पटक्कै थिएन किनभने ऊ जस्ता विद्यार्थी अनगिन्ती थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कर्णेल सापको कुकुर बौलाएछ

  • by

एक दिन कर्णेल जङ्गध्वज राणाको जर्मन शेफर्ड जातको लाइका कुकुर एक्कासी बौलाएछ । नत्र कहिल्यै उत्तेजित नहुने भद्र स्वभावको कुकुर आफ्नै मालिक्नी डल्फिन बेबीलाई बलात्कार गर्न किन जाइलाग्थ्यो र < यो सबैका लागि अनौठो लाग्दै कुरा भएन र < तर जति आश्चर्य लागे पनि कुरो चाहीं पक्कै हो । यस कुराका साक्षी डल्फिन बेबीका बाबु-आमा खुदै छन् । अझ उसकै भाइ टाइसन राणा र घरका अरु धाई सुसारे नोकर चाकर पनि छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •