Skip to content

पद्मप्रसाद देवकोटा

‘बुवा ! मलाई पनि कविता चाहियो’

  • by

महाकविको जीवनकालमा आफू आठ वर्ष जतिको मात्र हुनाले कवि भन्या के हो बुझ्ने उमेर भएको थिएन । दिनहुँ पद्मोदय स्कुलको सरस्वती प्रार्थनामा उहाँले रचेको “सरस्वतीका कुमार हामी सरस्वतीको पुकार गर्छौं” भन्ने रचना भट्याउँथे । तर त्यसका रचनाकार उहाँ नै हो भन्ने हेक्का त्यति बेला रहेन, गर्व महसुस हुने कुरै भएन ।