वातावरण सुनसान र चकमन्न छ । बाहिर हावा पटक्कै चलेको छैन, रूखका पातसमेत ओइलाएजस्ता देखिएका छन् । हप्प गर्मी छ, खट् खट् खट् खट् चलेको पङ्खाको आवाजले मौनतालाई भङ्ग गरिरहेकोछ । वरपर हिँडिरहेका मानिसका अनुहारमा पनि कुनै खुसी र मुस्कुराहट छैन । लाग्छ सम्पूर्ण वातावरण निस्तब्ध र शून्य छ ।