मधुपर्क २०६७ कात्तिक

सन्तानको चक्कर, छिमेकीको ठक्कर

  • by

लोग्नेस्वास्नीको झगडा परालको आगो भन्ने कुरा जिजुबाका छोराले भनेको सुनेको हुँ । कुरा उहिलेको भएर खुइलेको हो कि मेरो खप्पर उस्तो हो कुनी । म र मेरी पत्नीबीचको झगडा त मूढोमा सल्केको आगोजस्तो पो भएको छ । यसका कारक बनेका छन् आफ्नै छिमेकी प्रयागराज । छिमेकीलाई दोष लगाउँदा तपाईंहरूले प्याच्च भनिदिन सक्नुहुन्छ, नाच्न जान्दैन आँगन टेढो तर के गर्ने नाचको सुरताल नै अर्कैले दिने भएपछि उसले बीचबीचमा बाजा अर्कै गरी बजाइदिन्छ त सुरताल बिग्रने नै भयो । छिमेकीको दबदबाको पनि कारण छ । बिहेको लमी उही बन्यो, आफ्ना मनका बह पोख्ने मानिस पनि उही बन्यो तर के गर्ने आन्द्राभुँडी छामी सकेपछि बाउँठिएर आफ्नै खेदो खन्न थाल्यो । नुनदेखि सुनसम्म किन्न पनि उसैको मर्जी चाहिने, पत्नीसँगको भनाभनमा बोलिने शब्दमा पनि उसकै स्वीकृति चाहिने । हे भगवान् ! म पत्नीपीडित कम छिमेकीपीडित बढी पो भएको छु । यसो हिम्मत जुटाएर केही भन्यो कि ऊ आइलागि हाल्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सृजामाता खण्डकाव्यमा आदिमतापरक चिन्तन

  • by

साहित्यमा निहीत भाषा, संस्कृति, मिथक, आदिम मानवीय वृत्तिको पहिचान गरी त्यसैका आधारमा साहित्यिक सौन्दर्यको आस्वादन गर्ने र कृतिको मूल्य निर्धारण गर्ने कार्य नै आदिमतापरक समालोचना हो । कुनै पनि साहित्यिक कृतिमा यिनै तत्वको पुनरावृत्ति हुन्छ भन्ने मान्यता यसको रहने हुँदा आदिमतापरक समालोचनाले आदिम वृत्ति, आद्यविम्बि र आद्यढाँचाका आधारमा कृतिको विश्लेषण गर्दछ । मिथक, धर्मशास्त्र, आदिमवृत्ति, आद्य ढाँचा तथा आद्यविम्बात्मक प्रयोगका दृष्टिले देवकोटाका सबै सिर्जना उच्च कोटिका छन् । यसर्थ आदिमतापरक चिन्तनबाट देवकोटा र उनका कृतिहरूको अध्ययन नगरे त्यो अध्ययन अपूर्ण नै रहने हुँदा यो लेख देवकोटामा आदिमतापरक चिन्तन र सृजामाता खण्डकाव्यमा प्रयोग भएका आद्यविम्बहरूको खोजी र विश्लेषणमा केन्द्रित रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

देवकोटाले ‘कमलमणि डजन्ट लिसन टु मी’ भनेको छोडेँ

  • by

”मान्छेको रगतमा दुई कोशिका हुन्छन्-राता र सेता । आर.बी.सी. र डब्लू.बी.सी. । मेरो रगतमा चाहिँ अर्को एउटा कोशिका पनि पसेको रहेछ-एन.बी.सी. । त्यो भनेको नेपाली भाषा कोशिका हो । आर.बी.सी.को कमी भयो भने मान्छे सुकेर मर्छ अरे । डब्लू.बी.सी.को अनुपातमा कमबेसी भयो भने मान्छे क्यान्सर भएर मर्छ भन्छन् । मलाई के लाग्छ भने मेरो रगतबाट चाहिँ त्यो एन.बी.सी. निकालिदियो भने ‘हार्ट एट्याक’ हुन्छ कि मलाई ।”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आञ्चलिक स्वादमा नारीप्रधान कथाहरू

  • by

नेपाली साहित्यमा पुरुष साहित्यकारहरूको तुलनामा नारी साहित्यकारहरूको उपस्थिति गुणात्मकरूपमा पछिपरेको त त्यसै पनि छँदैछ भने सङ्ख्यात्मक रूपमा पनि कम अनुभव हुँदै आएको हो । स्थापित अघिल्लो पुस्तालाई छोडेर पचासको दशकदेखि कलम चलाउन थालेर आफ्नो दरिलो उपस्थिति देखाइसकेका केही महिला साहित्यकारहरू विधागतरूपमै स्थापित भइसकेका छन् । कथाकार तृष्णाराज्यश्री कुँवर पनि यसैमा पर्छिन् र उनको भर्खरै प्रकाशित कथासङ्ग्रह ‘सेराज अहमद’ ले उनलाई महिला कथाकारको सूचीमा दर्ता गराएको मात्र नभएर सिङ्गो कथाविधामै दरिलो उपस्थिति सावित गराएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तत्कालीन राज्यव्यवस्थाको दस्तावेज

  • by

साहित्य र राजनीति दुबै क्षेत्रमा स्थापित भएका धेरै साहित्यकार राजनीतिक नेतृत्वमा पनि छन् । जसमध्ये प्रदीप नेपाल दुबै क्षेत्रमा विशिष्टता हासिल गर्न सफल स्रष्टा हुन् । ठूलो पार्टीको नीति निर्माण तहको हैसियत राख्ने नेपाल पटकपटक मन्त्रीसमेत भइसकेका छन् । उनी साहित्यमा कथा, उपन्यास, नियात्रा, संस्मरण आदि विधाका तीन दर्जन कृतिका स्रष्टा हुन् । ‘बन्दीगृहका सिर्जना’ उनको पछिल्लो संस्मरण र सिर्जनाहरूको संयुक्तसङ्ग्रह हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

‘धूपीको गीत’ भित्रका धुनहरू

  • by

युवाकवि तथा नाटककार रोशन सुवेदीको कवितासङ्ग्रह ‘धूपीको गीत’ २०४३/०४४ सालदेखि छापामा आएका कविताहरूको सङ्ग्रह हो । सुवेदीका कवितामा उनका प्रजातन्त्रसँगै मौलाएका विकृतिहरूको प्रतिनिधित्व पनि गरेका छन् । कवि पनि यही समाजको एउटा अङ्ग भएकोले पनि उसले समाजको हरेक कुराहरूलाई भोग्नु पर्दछ, केही सुखद भोगाई र केही दुःखद भोगाईका द्रष्टाको रूपमा रहने भएकोले समाजका हरेक पक्षहरूमा उसको उपस्थिति रहेको हुन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

युगकविको पद्यनाटक बालिवध

  • by

राणा शासनकालमा बिद्रोहीभावका कविता लेखेबापत् सर्वस्वहरणसहित १८ वर्षको जेल सजाय सुनाइएका सिद्धिचरण श्रेष्ठका तीन दर्जनको हाराहारीका कृतिले उनलाई ‘युगकवि’ बनाएका छन् । वि.सं. १९६९ सालमा जन्मिएका कविको वि.सं. २०४९ सालमा स्वर्गारोहण भइसकेको भए पनि अनेकौँ कृतिमार्फत् उनी सम्झनामा तरोताजा छन् । उनीद्वारा लिखित अप्रकाशित पाण्डुलिपिहरूको ‘युगकवि सिद्धिचरण प्रतिष्ठान’ मार्फत् खोजीनीति र प्रकाशन गर्ने काम हुँदै आएकोले पनि उनीप्रतिको साहित्यिक चासो निरन्तर देखिँदैआएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

समसामयिक विषयवस्तुका कथा

  • by

आस्थाको बगैंचा (कवितासङ्ग्रह), सडकसीमा (नाटक) र अँध्यारो भित्रको मान्छे (कथासङ्ग्रह ) पछि अनलाइन डट कम (कथासङ्ग्रह ) लिएर नेपाली साहित्यको आख्यान विधामा देखापरेका कथाकार राममणि ढुङ्गेल आफ्ना पूर्ववर्ति कथाकारहरूभन्दा पृथक् शैली, शिल्प र कथानक लिएर देखापरेका शिल्पी हुन् । आफ्नै समाजमा देखिने विकृति, विसंगति, भ्रष्टआचरण र विविध परिवेशका कटुतालाई कथाकारले यी कथाहरूमा जीवन प्रदान गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

महाकविको ‘भूमिकालेखक’ व्यक्तित्व

  • by

जम्माजम्मी पचास वर्ष बाँचेका महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका एक त्यस्ता पात्र हुन्, जसको बारेमा सबैभन्दा धेरै लेखिएको छ, सबैभन्दा धेरै बोलिएको छ, सबैभन्दा धेरै पढिएको छ र सबैभन्दा धेरै चर्चा गरिएको छ । उनको बहुआयामिक व्यक्तित्वको विशालता कस्तो छ भने उनी सधैँ सबैका लागि अध्ययन, विश्लेषण, अनुसन्धान र खोजका शाश्वत विषय बनेर रहेका छन् । सम्भवतः यही कारण होला, उनको सन्दर्भमा एउटै मानक स्थापित गर्नै सकिँदैन । यसै सन्दर्भमा बजारमा हालै एउटा पुस्तक आएको छ- ‘महाकविका भूमिका’ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रोचक प्रसङ्गहरुको प्रस्तुति

  • by

नेपाली वाङ्मयलाई सुदृढ र समृद्ध तुल्याउनमा साहित्यका विविध विधाहरूको भूमिका उल्लेखनीय छ । स्रष्टाहरूले विभिन्न विधामा कलम चलाएर नेपाली साहित्यलाई जीवन्त र पठनीय बनाएका छन् । यसै सन्दर्भमा जीवनी साहित्य पनि पाठकवर्गमा रुचिकर सामग्री हुँदै आएको छ । त्यसमाथि महापुरुषहरूको सङ्घर्षमय गाथाको प्रस्तुति, आरोह-अवरोह, हाउभाउले त्यसबेलाको समाजको परिस्थितिको आँकलन गर्न सहयोग पुर्‍याउँदछ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनलाइन वार्ताको सँगालो

  • by

नेपाली साहित्यको इतिहासमा एउटा फरकखालको कृति देखापरेको छ -‘स्रष्टा र डिजिटल वार्ता’ विविध कारणले देशबाट बाहिरिनु परेका, अलगखालको वातावरण अवलम्बन गर्नुपरेका, अलग संस्कृति र संंस्कार धारण गर्नुपरेका, अनेकौँ फरक किसिमका अप्ठेरासँग जुध्नुपरेका, आचरण, धर्म र स्वभावसमेत कारणवश भिन्न अपनाउनुपरेका असङ्ख्य नेपालीहरूका पीडा, खुसी दुबैलाई छर्लङ्ग पार्ने सैद्धान्तिक आधारसमेत प्रस्तुत गर्दै देखापरेको छ-यो कृति ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बा र बादशाह

  • by

बाको खाट भाँचियो
दलिनमा धुवाँका पत्र थपिए
बाको आफ्नै मुहारमा पनि
मुजैमुजा चाउरी भित्रिए
बाले ‘खेताला’ भन्ने गरेका दाँतहरू बाहिरिए

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

यथार्थ

  • by

फुल्छन् फूलहरू सबै लहरिँदै, माटो र पानी भए
झुल्छन् ती भँमरा यसै वरिपरि, मीठो रसिलो भए
डुल्छन् बाघ बनेलु निर्भय भई, बाक्ला वनै ती भए
भुल्छन् साधुहरू निशङ्क मनले, मन्दिर गुम्बा भए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेरी अर्धाङ्गिनी

  • by

काली भनूँ काली छैनन् गोरी भनूँ गोरी ।
पहेँली छन् सुनसरी फुलेसरी तोरी ।।
न ता उनी कोरियाली न ता फिलिपिनी ।
खाँटी नेपालीकी छोरी मेरी अर्धाङ्गिनी ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

यात्राका अर्धविरामहरू

  • by

मेहनती काँधको दरिलो आडमा उभ्याइँदै गरेको भरेङ र
थपिँदै गरेका केही खुड्किलाहरू
भत्किसकेको पुरानो पर्खाल र उज्यालिँदै गरेका अनुहारहरू
यता अर्धविरामको सुविधाजनक विश्रामगृह र उता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •