Skip to content

दीपकराज सुवेदी

DeepakRajSubedi

परिवर्तन

सामुद्रिक आँधी २४० कि.मि प्रतिघण्टाको वेगमा न्यू-ओर्लियन्समा बहेको वेला प्रकृतिको मनमा कहिल्यै नबिर्सने घट्ना घट्यो । प्रकृति आँफू बाँचेकोमा पिडित थिइन् । “सूर्य अस्तायो भनेर रुने हो भने ताराहरू पनि गुमाउने छौ ।” उनका नयनबाट बगिरहेको आँशु पुछ्न मलाई घण्टौं लाग्यो । अघिपछि मेरा लघु स्पर्शहरूले उनको मुहारमा खुशी ल्याउँथ्यो । तर यो पल मेरा सूर्य र ताराहरूको कथाले कुन्नि किन हो उनलाई प्रभाव नै पारेनन् । म दोधारमा थिएँ – मेरो असल साथीको, मेरो मायाको पारिवारिक वियोगको पीडाको अनुभव एकातिर थियो भने मेरो अनुसन्धानको विषय माथिको स्पष्टता अर्कोतिर ।

————

इमेलमा आउने असाइनमेन्ट डाउनलोड गर्न म बानेश्वरको एउटा गुप्त साइबर छिरेको थिएँ । प्रविधि नमौलाएको भए हामी चिनिने थिएनौं । साइबरको कम्प्युटरमा इमेल चेक गरेर च्याटमा म छिरेको थिएँ ।

“एएलएस प्लिज,” नयाँ विन्डोमा राचेलको पहिलो जिज्ञासा थियो ।

“मानिस र पृथ्वी,” मेरो जवाफ थियो ।

“के ?” उनले प्रति प्रश्न गरिन् ।

“म एकचोटी जन्मिन्छु, मेरो उमेर त्यही हो ।”