छहारी कथा संग्रह

छोरीको बिहा

हो,
मलाई लाग्दै थियो कि शायद म मर्दैछु ।
त्यस सुनसान भूतबंगलामा म
ए.क.लो ।

उज्यालोमै अन्ध्यारोका बिम्बहरू मेरो मिथंगलमा प्रतिबिम्बित भइरहेको थियो । यसो सोचें, मैले त आजसम्म कुनै सुकर्म पनि गरेको छैनः धर्म कर्म दानदक्षिणा, भलो, कल्याण, आदि । मेरो खाता रित्तो थियो । यसको बिपरित कुकर्मका पोकै पोकाहरू लादिएका थिए मेरा माथामाथि । म सोच्न थालें -अहिले मेरो मृत्यु भयो भने सिधै नर्ककै यात्रा। नरकमा झोसिने भएँ म, करु तेलको भट्टीमा । चुल्ठो समातेर चोप्लनेछन् मलाई देवदूतहरूले । “ऐय्या आत्था,” अनायास म जोर जोरले कराउन थालें ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
DeepakRajSubedi

परिवर्तन

सामुद्रिक आँधी २४० कि.मि प्रतिघण्टाको वेगमा न्यू-ओर्लियन्समा बहेको वेला प्रकृतिको मनमा कहिल्यै नबिर्सने घट्ना घट्यो । प्रकृति आँफू बाँचेकोमा पिडित थिइन् । “सूर्य अस्तायो भनेर रुने हो भने ताराहरू पनि गुमाउने छौ ।” उनका नयनबाट बगिरहेको आँशु पुछ्न मलाई घण्टौं लाग्यो । अघिपछि मेरा लघु स्पर्शहरूले उनको मुहारमा खुशी ल्याउँथ्यो । तर यो पल मेरा सूर्य र ताराहरूको कथाले कुन्नि किन हो उनलाई प्रभाव नै पारेनन् । म दोधारमा थिएँ – मेरो असल साथीको, मेरो मायाको पारिवारिक वियोगको पीडाको अनुभव एकातिर थियो भने मेरो अनुसन्धानको विषय माथिको स्पष्टता अर्कोतिर ।

————

इमेलमा आउने असाइनमेन्ट डाउनलोड गर्न म बानेश्वरको एउटा गुप्त साइबर छिरेको थिएँ । प्रविधि नमौलाएको भए हामी चिनिने थिएनौं । साइबरको कम्प्युटरमा इमेल चेक गरेर च्याटमा म छिरेको थिएँ ।

“एएलएस प्लिज,” नयाँ विन्डोमा राचेलको पहिलो जिज्ञासा थियो ।

“मानिस र पृथ्वी,” मेरो जवाफ थियो ।

“के ?” उनले प्रति प्रश्न गरिन् ।

“म एकचोटी जन्मिन्छु, मेरो उमेर त्यही हो ।”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बाङ्गे

“के भो ए बाङ्गे? आज त निक्कै बाङ्ग्या छस् नि? बाउले भाँच्दे कि के हो तेरो सुकेनास लाग्या खुट्टो?” देब्रे खुट्टो खोच्याउँदै आउँदो खर्ल्याङ्खुट्टे बाङ्गेलाई हेर्दै मैले भनें।

बाङ्गेले भन्न त केही भनेन तर मेरो कौसीमा राख्या एउटा अचारको सिसीलाई दाइने सट हानेर बारीतिर हुर्याइदियो अनि डरलाग्दो घृणा दियो मलाई। मैले बुझें । केटोले जे शंका गर्या त्यही गरेछ – आज सक्रान्ति, सत्तेनारानथान जान आइपुग्यो बाङ्गे ब्या’नै ।

न्यल्माटोलबाट पस्चिम लाग्दै डबलीमा पुगेसि बाङ्गेलाई सरसोतीथान पनि नघुमी भएन। मन्दिर पछाडि मान्छेले पेट खालि गर्या सबुत छ्यास्छ्यास्ति। सास रोकेर अगाडि आइयो। बाङ्गेले एक मोहोर चढायो सरसोतीलाई। टिका लायो, फूल राख्यो टाउकामा र अघि चढाको मोहोर फिर्ता खल्तीमा राख्यो।

“चढाको पैसा फेरि किन फिर्ता लेको ए बाङ्गे?” भन्दा “त्यो त अब पर्साद नि। पर्साद त लिनै पर्यो नि; मैले नलिए अर्कोले लिन्छ के गर्ने?” भन्यो।
सत्तेनारानथान जान रोगी जस्ता चालीस पचास वटा सिँढी ओर्लेर ढुङ्गे धारा मात्रै के पुग्याथिम् बाङ्गे अड्कियो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पागल

को हो? मैले चिनेको मान्छे त होइन जस्तो छ । कि कतै परिचय भएर मैले बिर्सेको पो हो कि ? होइन होइन नयाँ अनुहार नै हो । म उसलाई नियाल्छु तलदेखि माथिसम्म सार्है भद्दा देखिएको थियो उसको लुगा , प्रचन्ड गर्मीमा पनि बाक्लो कालो ज्याकेट। त्यो पनि महिनौ नधोएको जस्तो तरकारी पोखाएको जस्तो पहेँला पहेँला दागहरु। कपाल जिङरिङ्ग लट्टा परेका, मुखमा पनि कालो लत्पतिएको । तर यी सबैभन्दा आँखा लाग्ने कुरा उसको लुगा-जुत्ताहरुको मुल्य, पक्कै पनि महँगो हुनुपर्छ ।

म सधैं जस्तै ९ बजे अफिस पुग्ने हतारमा बस कुरिरहेको थिएँ । अकस्मात पछाडिबाट कसैले मेरो काँधमा हात राख्यो ।

मलाई कता कता अप्ठ्यारो लागिरहेको थियो @म सम्झन धेरै जोड गर्छु तर सक्दिन। मैले यहाँलाई चिन्न सकिन कसरी भन्नु? कतै चिनापर्ची भएर मैले बिर्सिएको हो कि? होइन आज-भोलि १० थरीका मान्छेहरु बाटोमा भेटिन्छन बिभिन्न थरीका समुह र बिभिन्न उद्देष्य बोकेका मान्छेहरु । शायद कोही होला ।

उसले एकटक लगाएर मेरो अनुहार हेर्यो। उसको अनुहारमा केही केही थिएन, शान्त थियो। एकदम शान्त न ग्लानि, न रिस न माया ।

उसले मेरो सर्टको खल्तीमा हात हाल्यो, मैले अनुमान गरें यो पक्कै पनि पाकेटमार हुनुपर्छ, तर पाकेटमारले यसरी सबैले देख्ने गरी खल्तीमा हात हाल्न सक्छ त? म केही बोल्न सकिन। उसले मेरो खल्तीबाट चुरोट निकाल्यो। एक खिल्ली चुरोट निकालेर बट्टा खल्तीमैं राखिदियो । म उसलाई हेरिरहेको छु, हेरिरहेको छु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बाँसको पैसा

“नमस्कार हाकीम सा’प!” कमीज-सुरुवाल-इष्टकोटको परिधानमा आएका एकजना बूढा बा भित्र पसे।
“नमस्कार!” गर्मीमा उँघिरहेको हुनाले बूढाको बोलीले नगरपालिकाको हाकीम अलि झस्किएझैं भयो। “भन्नुस् के कुरा हो?” आँखा पनि नऊघारी हाकिम बोल्यो।
“हजुर म—- !“ बूढा अलि अक्मकाए, “मेरो बाँस—!”
“ए तपाईँ फेरि आउनु भो!?” त्यतिखेरसम्म हाकीमले आँखा खोलिसकेको थियो। “कति चोटि भन्ने मैले तपाईँलाई, दिन मिल्दैन भनेर? तपाईँका बाँस कल्ले ल्यायो, हाम्लाई के थाहा? लानेसंग केहि कागत-सागत मागेर राख्नुपर्दैन? त्यसै पैसो पाईन्छ? जानुस्, अब फेरि आउने हैन यहाँ—-“ हाकिम झर्कियो र टेबुलको पत्रिका तानेर पढ्न थाल्यो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सायोनाराका दुई थोपा आँशु

सानो खलबल सुनेर च्याँके केटाहरुको भिडतिर नजिकियो।
के भयो र भाइ, कसैले केहि गरे कि कसो, सिधा साधा देखे भने त दादा गिरी देखाउँछन् यो स्कुलका केटाहरु, ए हगुवा तैँले हानेको होस्।

कहाँ मैले हो, ऊ तेल्ले सर्टफिकेट हेरम् भनेर लगेर बटार्न खोजेर हैन नि।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आस्था

बिहानको झण्डै ०८:३० जति भइसक्या हुँदो हो, म तैपनि गाडि पाइन्छ कि भन्ने झिनो आशा लिएर बसपार्क पुगेर यसो रुमल्लिँदै थिएँ । पऽरबाट खालाँसीले भन्यो,
“ल काठमाण्डु! काठमाण्डु! साढे ७ को गाडि छुट्नै लाग्यो।”
म हस्याङ् फस्याङ् गर्दै दौडेर गाडिमा गएर हाम्फालेँ। “१ घण्टा भे पनि नाफा हुने भो!” भन्दै म त मख्क परेँ। गाडिभित्र छिरेर यसो यताउता हेरेँ, सिट खालि छ कि भनेर। पाङ्ग्रांमाथिको एउटा सिट खाली देखेँ। म त्यहीँ गएर बसेँ मजाऽले। झ्यालतिर बस्ने मन थियो, “ढिलो आउने माझमा सुत्ने” भन्या जस्तो के पाइन्थ्यो छेउको सिट त, खासै राम्री त हैनन् तर एउटी दिदी बसिसकेकी रहिछन्, के गर्नु साइत पर्या भन्ने कि बिग्र्या भन्ने अब।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

समुद्रको छेउमा

समुद्रको छेउमा, त्यसमाथि पनि चन्द्रमा उदाइरहेको यो साँझलाई कसम खाएर म एकतमासले शब्दहरूलाई माया गर्दै यो पत्र लेखिरहेकी छु । ओहो, जीवनभन्दा पनि महत्वपूर्ण कुरा भावना कसरी हुनसक्छ ? अहिले आएर मैले विश्वास गर्नै पर्ने एउटा बहसको विषय यो पनि भएको छ । शनिवारको रात र तिम्रो सम्झनाको स्पर्श अहिले मलाई के पनि लागेको छ भने जीवन वास्तवमा कति सत्य छ । जीवन सत्य छ, त्यसैले हामी बाँचेका छौं ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अल्छी र लापर्वाही मानिसहरू

  • by

यो तीस बर्षको बिचमा कति आए, कति गए । विभागका भवनहरू भत्किए, थपिए । प्रत्येक वर्ष अप्रिल महिनामा हाम्रो अफिसमा नयाँ मान्छेहरू भर्ना हुन्छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •