पुस्तक समीक्षा : महान् वाणी
“तिमी आफ्नो जीवनलाई सफल बनाउन चाहन्छौं भने सर्वप्रथम खराब सोचलाई त्याग, पुरानो सोचलाई त्याग, भित्र्याउ नयाँ सोच, नयाँ दृष्टिकोणलाई आफूभित्र ।”
– स्वेट मार्डेन
यो भनाई रामप्रसाद खरेलद्वारा संकलन तथा सम्पादन गरिएको पुस्तक महान् वाणीमा समेटिएको पहिलो भनाई हो । वास्तवमै हरेक मान्छे सफल हुन आँफूभित्र भएको खराब र पूरानो सोचलाई त्याग्न आवश्यक छ भने नयाँ तथा राम्रो सोच आफूभित्र भित्र्याउनु पर्छ । यस भनाईलाई पूस्तकका संकलक तथा सम्पादकले लागु गरेको देखिन्छ, यो पुस्तक महान् वाणी तयार गरी प्रकाशन गरेर । किनभने हामीले धेरै पुस्तकको अध्ययन गरेका हुन्छौं । धेरै पत्रपत्रिकाको अध्ययन गरेका हुन्छौं । र पनि ती कुरालाई आफू भित्र मात्रै सिमित गछौं । रामप्रसादले धेरै अध्ययनशिल व्यक्ति भन्दा फरक के गरेभने आफूले अध्ययन गर्ने क्रममा महत्वपूर्ण लागेका कुराहरूलाई टिपोट गर्दै राखे र अन्त्यमा त्यसलाई एउटा अर्को छुट्टै पुस्तकको स्वरुप दिए ।
