युद्ध साहित्यको नयाँ उचाइ “अफगानी रणमैदान”

केदार संकेत सुनुवारजीसँग मेरो दशक पुरानो चिनजान छ। शब्दसिर्जनाले भर्च्युअल दुनियाँमा भेटिएर हामी आजपर्यन्त न्यानो र आत्मीय मित्रतामा बाँधिएका छौँ ।
Read More »युद्ध साहित्यको नयाँ उचाइ “अफगानी रणमैदान”केदार संकेत सुनुवारजीसँग मेरो दशक पुरानो चिनजान छ। शब्दसिर्जनाले भर्च्युअल दुनियाँमा भेटिएर हामी आजपर्यन्त न्यानो र आत्मीय मित्रतामा बाँधिएका छौँ ।
Read More »युद्ध साहित्यको नयाँ उचाइ “अफगानी रणमैदान”परिचय –
भेटिन्छिन् साधना लक्ष्मी श्रमवीर प्रसाधना
सारा प्रगतिमा जुट्ने देवता श्रमसाधना
असङ्ख्य मौरीहरूको अथक परिश्रमपछि अमृततुल्य मह चाकामा भरिए जसरी अनेकौं अथकित सर्जकहरूका साहित्यिक सिर्जनाले साहित्यभण्डार भरिने कार्य निरन्तर चलिरहेको छ । यस्तै एक अथकित स्रष्टा हुनुहुन्छ, राममणि पोखरेल !
Read More »निमुखाका पक्षमा लेखिएका कथासाहित्यिक सर्जक राममणि पोखरेलको उमेरगत, अनुभवगत र सरसंगतको दाँजोमा म एकदमै मामुली मान्छे हुँ । उहाँको छोरानाति कहलिने काँचो माटो नै हुँ । यत्तिखेरसम्ममा म कसैका साहित्यिक कृतिको भूमिका लेख्ने हैसियतमा पनि पुगेको छैन ।
Read More »कथाका ‘ग्रामीण शिरोमणि’ बारे महामन्थनहो जिन्दगी अद्भुत एक सृष्टि
चल्ने कुनै आकृति तुल्य दृष्टि
आरोह हुन् या अवरोह धेर
बन्यो यही जीवन गाँसिएर
हङकङमा नियमित हुने साझा साहित्यको ९९ औं शृंखलामा साहित्यकार दाजु गुरुङ मार्फत साहित्यकार शिव प्रधानद्वारा लिखित उपन्यास “रुदिना” हामी उपस्थितहरुलाई निशुल्क वितरण गर्नुभयो । जस्मा दुई-तीन जना साथीहरुको हस्तलिखित नामै सम्बोधन गरेर प्रधानजीले सप्रेमले पठाउनु भएको रहेछ, तर वहाँहरू व्यस्तताले नै होला यो धारावाहिक कार्यक्रममा कहिल्यै उपस्थित हुनुभएन ।
डा. स्व द्रेणकुमार उपाध्यायको २०६७ सालमा मीरादेवी पौडेलको प्रकाशकत्वमा प्रकाशित पुस्तक हो ‘सवाई काव्यको सैद्धान्तिक परिचय’ । यो कृति आकारमा सानो भएर पनि कृतिले समेटेको विषय अत्यन्त महत्वको र विषद किसिमको रहेको छ । नेपाली साहित्यको फाँटमा सवाई साहित्य एक अलग विशेषता बोकेको साहित्यिक फाँट हो जसको आफ्नै परम्परा, इतिहास र साक्षी छ । सवाईका बारेमा कृतिकार स्वयंको प्राक्कथन र प्रकाशिकाको सानो प्रकाशकीय मन्तव्यका साथ यो कृतिमा सवाईको सिद्धान्तलाई केलाउन चिनाउने र यसको नेपाली साहित्यमा के कस्तो इतिहास छ त्यस कुरालाई पर्घेल्न खोजिएको छ ।
साहित्यकार भेषराज रिजाल “बालुवाको मुठ्ठी (गीति कविता सङ्ग्रह,२०५७)”बाट कृतिकारको रूपमा उदाएका हुन्। आफ्नै दाजुभाइको मारामारले देश रोएको देख्दा उनको मन पग्लिएर देश रुन दिनुहुन्न भन्ने सन्देश दिँदै “देश सधैँ रुने छैन (कविता सङ्ग्रह,२०५९)” सिर्जना गरे । देश प्रदेशको यात्रासँगै उनको लेखनीले निरन्तरता पाइरह्यो। यात्रामा उनका पाइला जति अघि बढ्थे, त्यति त्यहाँको आर्थिक, सामाजिक, प्राकृतिक, सांस्कृतिक, भौगोलिक, धार्मिक आदि यथार्थतालाई कोर्दै २०६८ सालमा “मेरा पाइलाहरू” र २०६९ सालमा “छरिएका पाइला कोरिएका डोब” नामक नियात्रा सङ्ग्रहहरू पाठकसामु ल्याइपुर्याए। प्रथमतː आफूलाई कविको रूपमा चिनाउन सफल भएका भेषराजको कलम कविताबाट कहाँ अलग्गिन सक्थ्यो र ? २०७२ सालमा “अनमोल पुरस्कारहरू” नामक कविता सङ्ग्रहमार्फत पाठकमाझ फेरि झुल्किए। आज भने रिजालको पछिल्लो साहित्यिक कृति “बिसौनी वल्तिर” (नियात्रा सङ्ग्रह, २०७७)मा घोत्लिन थालेको छु म।
समाजका जल्दाबल्दा परिस्थिति र घटनालाई कथानक बनाई कथा लेख्ने कथाकार मनोहर कुमार पोखरेलको समाचार शैलीमा लेखिएको ‘समाचार’ कथामा वर्तमान परिस्थितिमा आम युवाहरूको भोगाइलाई हुबहु लेखोट गरिएको छ ।
मनमा आँधी चलाउने खालको नियतिले ठगिएको परिस्थिति समेट्ने ध्येयले सिर्जित ‘समाचार’ कथाले साहित्यको क्षेत्रमा नवीनता भित्र्याएको छ । हातमुख जोर्ने क्रममा विदेसिँदाको पीडा कथामा वर्णित छ । सोचेजस्तो नहुने, नियतिले पढाएजस्तो मात्रै हुने र समग्रमा सम्झौतामा जीवन बाँच्नुपर्ने अवस्थालाई सफलताका साथ चित्रण गर्ने क्रममा कथाले आकार लिएको देखिन्छ ।
परिचय–
होनहार प्रतिभा कमल आचार्यजी (वि.सं.२०००)को ७५औं जन्म दिनको अवसरमा दुईओटा कीर्तिहरू ‘‘कोसेली’’(२०७५) र ‘‘व्यवहारिक दर्पण’’ (२०७५) विमोचनमा आए । त्यसै दिन विमोचन समारोहमा म पनि सहभागी हुने मौका पाएको थिएँ । उहाँ मसँग पूर्व परिचित भए पनि उहाँको कवित्व शक्तिको बारेमा मलाई थाहा थिएन । उमेरको हिसावले उहाँ मेरो दाज्यू नै पर्नुहुन्छ भने भावनात्मक रूपमा उहाँ मेरो सहृदयी मित्र हुनुहुन्छ ।
काठमाडौँ खाल्डामा आफ्ना बालबचेरा छाडी रामेछापतिरको प्रख्यात विद्यालयका विद्यार्थीका प्यारा शिक्षक पेशल आचार्यले आफनो व्यक्तिगत, घरपरिवार र विद्यालयको व्यस्त समयको जिम्मेवारीका बाबजुद पनि आफनो व्यक्तिगत, पारिवारिक तथा शिक्षण कार्यका बीचमा आफूले देखेका, भोगेका तथा लागेका विषयवस्तु ‘ब्याक बेञ्चर’ निवन्ध सङ्ग्रहका रूपमा प्रस्तुत गरेका छन् । २०३६ सालदेखि निरन्तर साहित्य लेखनमा व्यस्त आचार्यको यो कृति एक अर्को कोसेढुङ्गा हो । यस अघि यिनका नौवटा कृतिहरू प्रकाशित भैसकेका छन् । सातवटा बाल साहित्यका र तीनवटा प्रौढ साहित्यका कृति नेपाली साहित्यको भण्डारमा दिइसकेका आचार्य लेखन, शिक्षण र प्रशिक्षणमा रमाएका व्यक्ति हुन् ।
भनिन्छ – साहित्यमा धेरै ‘सेक्स’ बिक्छ । त्यसपछि ‘अपराध’ बिक्छ र सबैभन्दा कम ‘आदर्श’ बिक्छ । यो आजको लेखकीय बाध्यता हो । तर केही यस्ता लेखकहरू पनि समाजमा हुन्छन् जो बिकाउ हुन्छ भन्दैमा सेक्स र अपराधलाई मात्र बढावा दिँदैनन् । तिनीहरू जीवनपर्यन्त आदर्शलाई नै शिरोधार्य गरेर लेखनमा समर्पण भैरहन्छन् । विगत् चार दसकदेखि यसैगरी लेखनमा समर्पण भैरहने साहित्यिक स्रष्टा हुन् – पेशल आचार्य । यिनी मूलत: कवि, निबन्धकार र कथाकार हुन् । तर अहिले चाहिँ यिनी निबन्धकार ‘गेटअप’मा देखापरेका छन् र यो परिचयमा यिनलाई ल्याएको छ निबन्ध कृति –‘ब्याक बेञ्चर’ले ।
परिचय– विश्वेश्वरप्रसाद कोइराला महाकाव्यका सिर्जनाकार हुनुहुन्छ कोशलराज पौड्याल । कोशलराज पौड्यालको जन्म २००३ साल भाद्र २६ गते छहरा गा.वि.स.वडा नं ५, मगाल, पाल्पामा भएको थियो । उहाँ पिता हुमलाल पौड्याल र माता हिमकला पौड्यालका सुपुत्र हुनुहुन्छ । शास्त्रीसम्मको अध्ययन गरेका कोशलको पेशा मा. वि. शिक्षण रहेको र हाल उहाँ निवृत्त हुनु भएको छ ।
तन मन सब साझा देह मन्दिर साझा
वन उपवन साझा शैलमाला हिमाल
जल पवन प्रकाश दिव्य माटो छ साझा
तर पनि मन हाम्रो भैदिए नित्य बाँझो
यी माथिका श्लोक, सल्यान गा.वि.स.–८ गैह्राथोक कास्कीमा वि.सं.२००२मा जन्म भै हाल भरतपुर नगरपालिका –६, पारस नगरमा स्थायी बसोबास गर्ने पिता विष्णुप्रसाद उपाध्याय र माता मनरूपा उपाध्यीका कनिष्ठ सुपुत्र डी.डी.शर्मा (डम्मरुदेव शर्मा)ले आजको संसारमा प्रकृतिले प्रदान गरेका सबै चिज साझा हुँदा हुँदै पनि मानव मन साझा हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।
मान्छेभित्र रहर अनि चाह हुनु ठुलो हो कथामा लामो विद्या उपन्यास हो ‘साहित्यमा सबैभन्दा बढी पढिने विधा भन्नुपर्दा उपन्यास हो l यस्तो सर्वाधिक लोकप्रिय विधाको कृति सार्वजनिक गरेर सुरेन्द्र महर्जन ‘अमर’ले पठन संस्कृतिलाई प्रोत्साहित गर्ने काम गर्नुभएको छ l’ कथा, कविता, गीत, हाइकु, ताङ्का, मुक्तक, उपन्यास लगायत साहित्यका विविध विधामा कलम चलाउँदै आएका सुरेन्द्र महर्जन ‘अमर’को २३औं कृति एव म चौथो उपन्यास ‘स्माइल ड्रिम’ को लोकार्पण समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै वरिष्ठ गीतकार भूपाल राईले यी कुराहरू भनेका हुन् ।
पिता स्व. प. होटराज ढकाल र माता स्व. उमादेवी ढकालका सुपुत्र श्रीवेदप्रसाद शर्मा ढकालको दोस्रो कृतिको विमोचन, महाकवि लक्ष्मीप्रदा देवकोटाको १११ औ जन्मजयन्तीको शुभ अवसरमा, यही २०७६ कार्तिक ९ गते शिव मा.वि.को सभाहलमा, प्रमुख अतिथि प्रदेशसभा सदस्य माननीय विष्णुप्रसाद लामिछाने ज्यूको करकमलबाट भव्यताको साथमा सुसम्पन्न भएको थियो । आज मैले सरसर्ती पढे र खुसी पनि लाग्यो ।
हे बालाजन हो पढो घरिघरी, विद्या छ अमृत सरी ।
अर्काको घरमा नजाऊ वरिपरि, पढ मेहनत गरी ।।
पढेको चिज डाकुले घर फोरी लादैन चोरी गरी ।
नपढ्दा हिन भो छोरो यदि भने के गर्नु माया गरी ।।
उदयपुर जिल्लाको शैक्षिक, साहित्यिक, सामाजिक र सांस्कृतिक क्षेत्रको विकासमा दिलोज्यानले लागिपरेका वाणी, अक्षर र कर्मका पौरखी व्यक्तित्व हुन्– तेजनारायण शेर्पा ‘रञ्जन’ ।
डा. मेघराज ढकाल (२०१३)को जन्म स्थल निबुवाबोट आँधीखोला गाउँपालिका –६ भए पनि हाल वहाँ टोखा नगरपालिका –७ काठमाडौमा बसोबास गर्दै साहित्य र समाज सेवामा समर्पित हुँदै आउनु भएको छ । उहाँको साहित्यिक यात्रालाई केलाउँदा २०३६ सालमा ‘विश्वदूत ’ सप्ताहिकमा ‘के तिमीलाई लाज छैन ?’ कविता प्रकाशन गरी पदार्पण भएको देखिन्छ । उहाँ २०३८ सालमा सरकारी सेवामा प्रवेश गरेपछि फाटफुट कविताको सृजना गर्दै सेवारत क्षेत्रको दायित्वलाई बोध गर्दै आर्थिक तथा प्रशासनिक लेखतिर उहाँको कलम चलेको पाइन्छ ।
डा. मेघराज ढकालको जन्म २०१३/०४/२२मा निबुवाबोट आँधीखोला गाउँपालिका –६ मा भएको थियो र हाल वहाँ टोखा नगरपालिका –७ काठमाडौमा बसोबास गर्नुहुन्छ । उहाँ पिता भेजीप्रसाद ढकाल र माता छलीदेवी ढकालका सुपुत्र हुनुहुन्छ । पेशाको दृष्टिकोणबाट हेर्दा उहाँ एक कुशल प्राध्यापक स्वतन्त्र अध्ययन र अनुसन्धानकर्ताको रूपमा आफूलाई परिचय गराउन सफल व्यक्तित्व हो । व्यक्ति एक भए पनि उसको कर्मको आधारमा हेर्दा ऊ बहुआयामिक हुन्छ । डा. ढकालज्यूलाई एक बहुआयामिक व्यक्तित्व हुनुहुन्छ ।