वीरेन्द्र थोकलिहाङको नाटकीय सृष्टिमाथि मेरो दृष्टि

१. विषय प्रवेश
मोफसलको साहित्यिक आँगनमा उदाउँदै गर्नुभएका साहित्यकार वीरेन्द्र थोकलिहाङको उत्कृष्ट नाटक संग्रह हो यदि उसको भविष्य बन्छ भने । नाटककार वीरेन्द्र थोकलिहाङ एक उदाउदा सशक्त साहित्यकारका रुपमा स्थापित व्यक्तित्व हुन् भन्ने कुरा उहाँको साहित्यिक यात्राबाट स्पष्ट हुन्छ। साहित्यकार बिरेनजीले आफ्ना थुप्रै कृतिहरू प्रकाशित गरिसक्नुभएको छ। गुम्सिएको अभिव्यक्ति (उपन्यास २०४८) घाँडो (कथा संग्रह २०५२) प्यासी ओठ (उपन्यास २०६३) पीडा बोर्डिङ मास्टरको (कविता संग्रह २०६४) युद्धमा मारिएकी लुङा बहिनीको चिठी (कविता संग्रह २०६५) र यदि उसको भविष्य बन्छ भने (नाटक संग्रह २०७६) आदि जस्ता गहकिला साहित्यिक कृति हरु नेपाली साहित्यको भण्डारमा सुम्पिएका छन्।Read More »वीरेन्द्र थोकलिहाङको नाटकीय सृष्टिमाथि मेरो दृष्टि










हङकङमा नियमित हुने साझा साहित्यको ९९ औं शृंखलामा साहित्यकार दाजु गुरुङ मार्फत साहित्यकार शिव प्रधानद्वारा लिखित उपन्यास “रुदिना” हामी उपस्थितहरुलाई निशुल्क वितरण गर्नुभयो । जस्मा दुई-तीन जना साथीहरुको हस्तलिखित नामै सम्बोधन गरेर प्रधानजीले सप्रेमले पठाउनु भएको रहेछ, तर वहाँहरू व्यस्तताले नै होला यो धारावाहिक कार्यक्रममा कहिल्यै उपस्थित हुनुभएन ।
डा. स्व द्रेणकुमार उपाध्यायको २०६७ सालमा मीरादेवी पौडेलको प्रकाशकत्वमा प्रकाशित पुस्तक हो ‘सवाई काव्यको सैद्धान्तिक परिचय’ । यो कृति आकारमा सानो भएर पनि कृतिले समेटेको विषय अत्यन्त महत्वको र विषद किसिमको रहेको छ । नेपाली साहित्यको फाँटमा सवाई साहित्य एक अलग विशेषता बोकेको साहित्यिक फाँट हो जसको आफ्नै परम्परा, इतिहास र साक्षी छ । सवाईका बारेमा कृतिकार स्वयंको प्राक्कथन र प्रकाशिकाको सानो प्रकाशकीय मन्तव्यका साथ यो कृतिमा सवाईको सिद्धान्तलाई केलाउन चिनाउने र यसको नेपाली साहित्यमा के कस्तो इतिहास छ त्यस कुरालाई पर्घेल्न खोजिएको छ ।
साहित्यकार भेषराज रिजाल “बालुवाको मुठ्ठी (गीति कविता सङ्ग्रह,२०५७)”बाट कृतिकारको रूपमा उदाएका हुन्। आफ्नै दाजुभाइको मारामारले देश रोएको देख्दा उनको मन पग्लिएर देश रुन दिनुहुन्न भन्ने सन्देश दिँदै “देश सधैँ रुने छैन (कविता सङ्ग्रह,२०५९)” सिर्जना गरे । देश प्रदेशको यात्रासँगै उनको लेखनीले निरन्तरता पाइरह्यो। यात्रामा उनका पाइला जति अघि बढ्थे, त्यति त्यहाँको आर्थिक, सामाजिक, प्राकृतिक, सांस्कृतिक, भौगोलिक, धार्मिक आदि यथार्थतालाई कोर्दै २०६८ सालमा “मेरा पाइलाहरू” र २०६९ सालमा “छरिएका पाइला कोरिएका डोब” नामक नियात्रा सङ्ग्रहहरू पाठकसामु ल्याइपुर्याए। प्रथमतː आफूलाई कविको रूपमा चिनाउन सफल भएका भेषराजको कलम कविताबाट कहाँ अलग्गिन सक्थ्यो र ? २०७२ सालमा “अनमोल पुरस्कारहरू” नामक कविता सङ्ग्रहमार्फत पाठकमाझ फेरि झुल्किए। आज भने रिजालको पछिल्लो साहित्यिक कृति “बिसौनी वल्तिर” (नियात्रा सङ्ग्रह, २०७७)मा घोत्लिन थालेको छु म।
समाजका जल्दाबल्दा परिस्थिति र घटनालाई कथानक बनाई कथा लेख्ने कथाकार मनोहर कुमार पोखरेलको समाचार शैलीमा लेखिएको ‘समाचार’ कथामा वर्तमान परिस्थितिमा आम युवाहरूको भोगाइलाई हुबहु लेखोट गरिएको छ ।