Skip to content

गंगाराम ढकाल

परिणत (लघुकथा)

हिरामणि तिनछक्क परेका छन । उनी कुलोको मुहानमा बसेका छन । आज उनी यस ठाउँमा बसेको करिब उन्नाइस बर्ष पुगिसकेको छ । पहिलाको अवस्था सम्झदा यस्तो अवस्थामा परिणत होला भन्ने उनले कल्पना समेत गरेका थिएनन् । कताकता उनको मन डरले हो वा अतितको स्वरुप कस्तो होला भन्ने भयले उदास पनि छन ।

भारतको आछामबाट छिरेका उनी यस गाउँको वातावरण र सौन्दर्यताबाट मोहित भई स्थायी बसोबास बस्दै आएका हुन । गाँउको हरियाली, चौतर्फी जंगल, चिसो हावापानी, मधेश भए पनि गर्मीको अनुभुति नै थिएन बिसासय गाँऊ । खेतीपाती उर्लापात फल्ने गर्दथ्यो । नफलोस पनि किन ? बाह्रै महिना खेतको वीचबाट कुलोभरि पानी बग्ने गर्दथ्यो । कार्तिकमा धानका लहलह बाला झुल्दथे भने चैत्रमा गहुँ तोरी त अषाढमा मकैका एक हाते घोगा । किसानका घरका आगनमा मकैका शुली । आहा ! त्यो अवस्था । उनी झल्यास्स हुन्छन, कतै त्यो सपना त हैन ? तर उनका यिनै हातले उब्जाएका थिए एकसय मुरी धान ।

सती प्रथा

धेरै बर्ष पहिलाको कुरा हो कुनै गाँउमा चिरिञ्जीवी नाम गरेका पण्डित बाजे थिए । उनी त्यस ताकाका अति प्रख्यात पण्डित थिए । चिरिञ्जीवी पण्डित भनेपछि उनलाई ठूला ठूला राजा महाराजाले पनि चिन्दथे । पण्डित बाजेको यति ठूलो नाम चल्नुको कारण उनको ज्योतिष विद्याले पनि थियो । ज्योतिष विद्यामा निपूर्ण भएको हुदा जसको पनि भाग्य रेखा दुरुस्त केलाउनु उनको कला नै थियो । उनका तीन वटी श्रीमती थिए । जेठी श्रीमती मनरुपा अठार बर्षको उमेरमा उनका बाबु आमाले नै मागी विवाह गरिदिएका थिए । तीन छोरा जन्मिएपछि विफरको बिमारबाट मनरुपाको मृत्यु भयो ।

साथी

धेरै वर्ष पहिलको कुरा हो त्यतिखेर पशुपंक्षीहरू पनि मानिस जस्तै बोल्दथे । त्यसताका जनावर र पशुपंक्षी वाहेक मानिसको जन्म भैसकेको थिएन । पशुपंक्षी र जनावरहरूको अधिपत्य नै थियो । चरा जाती र जनावर जाती वीच आपसमा द्वन्द भयो । उनीहरू जो कमजोर देखियो कि मारेर आफनो आहारा बनाउन थाले । चराहरूले जनावरलाई एक्लै भेट्यो भने मारी खाने र जनावरले पनि चरालाई भेटे सम्म मारेर खान थाले । सवतिर भयावहको अवस्थाको सृजना भयो । कसैको पनि जीवनको ग्यारेन्टी भएन । बुद्धीमानी जन्तुहरूले त्यो समस्या सुल्झाउन निकै प्रयास गरे ।