खुशी (अनूदित लघुकथा)
मध्यरात तिर मिटीया (डिमित्री) कुल्दारोफ हतार-हतार आफ्नो बुबा-आमा बस्ने घरभित्र एकाएक पसेर सबै कोठा चाहाऱ्यो। बुबा-आमा आराम गर्न गइसक्नुभएको थियो र उसकी बहिनी उपन्यासको अन्तिम पेज पल्टाउँदै थिइन। स्कुले भाइहरू सुतिसकेका थिए।
“यति हतारमा किन?” अचम्भित बुबा-आमाले सोध्नुभयो। “के भयो?”
“त्यो नसोध्नुस! यस्तो कहिल्यै सोचेको थिइन! अहँ कहिल्यै पनि,–अति अविश्वसनीय कुरा!”
मिटीया अट्टहास लगाउँदै कुर्सीमा पसारीयो, खुशीले उसको भुइँमा खुट्टा थिएन।