एकदेव अधिकारी

देवता (लघुकथा)

लावालस्करका साथ पहाडी बाटो माथितिर उक्लँदै थियो । ठाडो भीर साँघुरो बाटो माथिबाट फर्कने हरूसँग बच्दै हिँड्नु परेकाले यात्रा दुष्कर र कष्टसाध्य थियो । आफ्नो लावालस्कर केही पछि भएकाले ऊ ढुक्कका साथ अगाडि बढ्दै थियो ।

अचानक छेवैको एउटा ढुङ्गोमा उसको खुट्टो ठोकियो । ऊ पीडाले रन्थनायो र थुचुक्क बस्यो । जुत्ता-मोजा फुकाल्यो । ठोक्किएको औँलो फुटेको थियो । रगत बग्न थाल्यो । आफ्नो खुट्टा त्यही ढुङ्गामा अड्याएर उसले घाउमा पट्टी बाँध्यो । फेरि सकी-नसकी जुत्ता लगाएर ऊ खोच्याउँदै अगाडि बढ्यो । उसले खुट्टा अड्याएको ठाउँमा रगतको टाटो लागेको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लघुकथा रचना प्रकृया (अनुदित लेख)

सबैभन्दा पहिला कुनै रचनाले म भित्र कहिले अनि कसरी जन्म लियो ? जतिबेला म यो विषयमा सोच्छु त्यसबेला आफ्नै शिशु रूप आमासँग न्यानो ओछ्यानमा आरामसँग सुतिरहेको पाउँछु अनि आमाले बाल्यकालमा सुनाउनुभएका कथाहरू दिमागमा घुम्न थाल्छन् । सात भाइहरूकी एकमात्र बहिनी जात्रा हेर्न जानका लागि आफ्ना सातैवटी भाउजूहरूसँग छुट्टाछुट्टै पछ्यौरा माग्छे । कसैले पनि उसलाई पछ्यौरा दिंदैनन् । धेरै रोईकराई गरेपछि बल्ल एउटी भाउजूले उसलाई पछ्यौरा दिन्छे । जात्रामा पिङ खेल्ने क्रममा एउटा कागले उसको पछ्यौरामा बिष्ट्याइदिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
RajKamal1

खुट्टा (अनुदित लघुकथा)

बस बिसौनी मा बसिरहेकी त्यो नवविवाहिता माथि मेरा आँखाहरू अनायासै अडिए । मेरो छेऊको बेञ्जको कुनामा समेटिएर, संकुचित भएर, सर्माउँदै बसिरहेकी थिई । अनुहार राम्रोसँग देखिएको त थिएन, तर घुम्टोको छेऊबाट चियाइरहेको अनुहारको जति परिमाणमा देखिन्थ्यो, त्यही नै उसको सुन्दरताको अनुमान लगाउन पर्याप्त थियो । दुबै खुट्टामा पोतिएको बुट्टेदार रङ्ग, खुट्टाको औँलामा चाँदीको बिछिया अनि मोटो-मोटो चाँदीको पाउजु उसको सुन्दरता माथि अझ प्रभाव थप्दै थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एकता (लघुकथा)

आज देवमाया खुसीले गद्गद् छिन्।

अब देवमायाको परिवारमा खुसीको वातावरण आउनेछ। उनका छोराहरू घर फर्कँदै छन्।

देवमाया त्यो दिन अझै सम्झन्छीन् जब उनका छोराहरू एक-एक गर्दै पुर्ख्यौली घर छोडेर बाहिरिएका थिए। उनका छोराहरू सबै पौरखी छन्, आ-आफ्ना कार्यक्षेत्रमा अव्वल तथा दक्ष छन्, तर उनलाई आफ्नो गुँड कमजोर हुँदै गएको हेक्का थियो। उनको पुर्ख्यौली सम्पत्तिको नाममा भएको घर र घरसँगै जोडिएको पाखो बारी छिमेकीको अतिक्रमणबाट पेलिँदै गएको हेक्का थियो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रकृतिको रङ्ग (लघुकथा)

उसले प्रकृतिमा पहिलो पटक आँखा खोल्यो।

आमाको न्यानो छातीमा फुलबाट निस्केपछि उसले प्रकृतिको रङ्ग हेऱ्यो र यस्तो प्रकृतिमा जन्म पाएकोमा आमाप्रति मनमनै कृतज्ञ भयो।

अघि बढ्दै गयो, आफ्ना दाजु-दिदीहरूको निख्खर सेतो रङ्ग देखेर प्रफुल्लित भयो। भर्खर आँकुराउन थालेका पँखेटा फड्फड् गर्दै नजिकैको तलाउमा आफ्नो छवि देख्यो – कोइला भन्दा पनि कालो आफ्नो रङ्ग देखेर उसको क्रोध पारा चढ्न थाल्यो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

परिवर्तन (लघुकथा)

सँधै झैँ आज पनि ऊ घरबाट निस्क्यो।

घरबाट बाहिर निस्कनु अघि केही बेर अन्कनाए पनि अन्त्यमा दृढ निश्चय गरेर ऊ निस्किएको थियो। बाटोमा हिँड्नेहरू उसलाई हेर्दै खासखुस गर्न थाले।

ऊ एक परिवर्तनको संवाहक बनेको थियो। आफ्ना आदर्श आफ्ना परिवार भित्र, इष्ट-कुटुम्ब भित्र, मित्रवर्गहरू माथि थोपर्ने गर्थ्यो। बाक्चतूर थियो आफ्ना कुराहरू मनाउन सिपालु थियो। उसको आफ्नो आदर्श अहिले पुरै परिवार, इष्ट-कुटुम्ब, मित्रगणहरूको पनि आदर्श बनेको थियो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

डाक्टर अङ्कल (लघुकथा)

सरकारी अस्पतालमा फेरि हड्ताल शुरू भयो।

सरकारले ल्याउन लागेको बिधेयक चिकित्सकहरूको हक-हित अनुकुल नभएको भनेर अत्यावश्यक तथा आकस्मिक कक्ष बाहेक अन्य सरकारी सेवामा डाक्टरहरूको मुख देख्न पाइएको थिएन।

निजी अस्पतालहरूमा बिरामीको चाप बढ्दै गएको थियो। डाक्टरको कक्ष अगाडि बिरामीहरूको लस्कर लम्बिँदै गएको थियो। त्यस्तै एक लस्करमा एउटा अठार-बीस बर्षे ठिटो सरासर आयो, र बिरामीहरूको लस्करको अन्त्यमा बस्यो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गाँस, बास र कपास (लघुकथा)

सामान्य लाज ढाक्ने पहिरनमा बैशाखी टेक्दै ऊ त्यहाँ आइपुग्यो।

उसका आँखाहरू उसको अगाडि राखिएको कन्टेनरमा थियो। सायद ऊ कुनै चिजको प्रतिक्षामा थियो। उसको पिठ्युँको थोत्रो बोराभित्र सायद अनन्त कथाहरू लुकेका थिए।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कार्यक्रम (लघुकथा)

महानगरकै एक ठूलो तारे होटेलको सभाहल सहभागीहरूद्वारा खचाखच भरिएको थियो।
सभाहलको तामझाम निकै उत्कृष्ट थियो, बिदेशी सजावटका सामान, ध्वनी संयोजन देखि लिएर वातानुकुलनका सम्पूर्ण व्यवस्था ठीकठाक दुरूस्त भए नभएको रेखदेख गर्ने सहयोगी हरू तत्पर तथा तम्तयार देखिन्थे।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

राष्ट्रियता (लघुकथा)

राष्ट्रियता उसको नशा-नशामा रगत बनेर दौडिरहेथ्यो।

देशकै एक प्रतिष्ठित नेताको नजिकको आफन्तको रूपमा उसकै प्रत्यक्ष निगरानीमा ऊ हुर्केको थियो। अझ भनौँ राष्ट्रियताको मामिलामा ऊ साना ठूला सबैलाई सम्झाउन समेत भ्याउँथ्यो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

न्याय (लघुकथा)

न्याय पाउँ महाशय।” रणे सभामा भन्दै थियो।

“ल भन रणे तँलाई के अन्याय पऱ्यो?” सभानाइके ले रणेसँग सोध्यो।

“ल के कसो भएको हो सभामा भन।” नाइकेले दिपे तर्फ फर्केर खै गऱ्यो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मन्त्रीपद (लघुकथा)

“नारायण! नारायण!!” काँधमा धारण गरेको जन्यौ कानमा सिउरेर शौचको लागि अघि बढ्दै गरिरहनुभएको परमपिता ब्रह्माजी देवर्षि नारदको आवाज सुनेर टक्क अडिनुभयो।

“के समाचार ल्यायौ पुत्र नारद? छिटो भन।” ब्रह्माजीले प्रश्न गर्नुभयो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पहिरन (अनूदित लघुकथा)

एक पटकको कुरा हो सौन्दर्य र कुरुपता समुद्रको किनारमा भेट भए। अनि उनीहरूले एक अर्कालाई भने, “जाउँ समुद्रमा स्नान गरौ।”

त्यसपछि दुवै निर्बस्त्र भए र समुद्रमा पौडन शुरु गरे। केही बेर पछि कुरुपता पानीबाट बाहिरियो र सौन्दर्यको पहिरनमा सजिएर हिँड्दो भयो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गमलाको फूल (लघुकथा)

“के छ यार खबर?” कफि पसलमा पत्रिका हेर्दै गर्दा अप्रत्यासित रूपमा आएको यो आवाजले झस्कँदै पछाडि फर्केँ। मेरो कलेजको सहपाठी हात मिलाउन अगाडि बढाउँदै मुस्कुराइ रहेको थियो।

“ठीक छ यार।” हात मिलाउँदै उसको लागि पनि कफिको अर्डर गरेँ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अन्तिम पात (भावानूदित लघुकथा)

हिउँदको सिरेटोसँगै न्युमोनियाले दर्जनौँ शिकार फसाउँदै अगाडि बढ्यो । यसबाट जोन्सी बच्नसक्ने कुरै थिएन । ऊ सयनकक्षको झ्यालबाट अर्को घरको पर्खालमा नियाल्दै थिइ । सामान्य परीक्षण पछि रूम पार्टनर स्युलाई डक्टरले बाहिर बोलाए ।

“दशमा एक सम्भावना । बाँच्ने इच्छा जागृत भएमा सम्भावना दोब्बर हुन्छ ।”

काममा ध्यानमग्न भएकै बेला मलीन आवाज आयो — जोन्सी झ्यालतिर हेर्दै उल्टो गन्दै थिई – ‘‘बाह्र’’ ‘‘एघार’’ … ।

‘‘के गन्दैछौ ।”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मुस्कान (लघुकथा)

एक दिन कुनै लोकलबसमा घर तर्फ आउँदै थिएँ। अर्को स्टेशनमा हँसिलो अनुहार भएको एक अधबैँशे बसमा चढ्यो।
उसको हँसिलो अनुहार देखेर अनायास मेरो अधरबाट पनि मुस्कान निस्क्यो। ऊ मेरो छेवैको खाली सीटमा आएर बस्यो।

परिचयको आदान-प्रदान भयो। हरेक पल्ट बोल्दा ऊ मुस्कुराउँथ्यो। ऊ मुस्कुराउँदा लाग्थ्यो संसारकै सबैभन्दा खुसी व्यक्तिझैँ लाग्दथ्यो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बिद्रोही (अनूदित कथा)

(संसारको सबै हतियारको बिरूद्ध प्रतिरक्षा प्रणाली छ, तर सबैभन्दा घातक हतियार मानवको बिरूद्ध कुनै प्रतिरक्षा प्रणाली छैन।)

क्रुद्ध ट्रुपर लेन, टमामी स्क्वेरको माथि ३००० फीटको उचाईमा विचरण गरिरहेको थियो।
शल्यक्रियाद्वारा उसमा स्थापित शीतल यान्त्रिक दिमाग – साइब्रेन समस्यासँग जुधीरहेको थियो। तर ऊसँग कुनै धैर्यता थिएन। उनीहरू पसिनै-पसिना हुनेछन, उसको शरीरलाई यताउता लैजाने चीसो वायु प्रवाहसँग दिक्क मान्दै ऊ सोच्दथ्यो। टमामी स्क्वेरको सीमामा स्थापित तीन टावरहरूतिर ऊ एकतमासले हेर्दै उसले थुक्यो र त्यो झर्दै गरेको थुकको सेतो दानालाई हेरीरह्यो, हेरीरह्यो। (लौ अब थुन मलाई सैन्यागारमा। मैले छोटो समयको बिश्राम त मागेको थिएँ। मैले उनीहरूको लागि चिसँग युद्ध गरेँ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •