देवता (लघुकथा)
लावालस्करका साथ पहाडी बाटो माथितिर उक्लँदै थियो । ठाडो भीर साँघुरो बाटो माथिबाट फर्कने हरूसँग बच्दै हिँड्नु परेकाले यात्रा दुष्कर र कष्टसाध्य थियो । आफ्नो लावालस्कर केही पछि भएकाले ऊ ढुक्कका साथ अगाडि बढ्दै थियो ।
अचानक छेवैको एउटा ढुङ्गोमा उसको खुट्टो ठोकियो । ऊ पीडाले रन्थनायो र थुचुक्क बस्यो । जुत्ता-मोजा फुकाल्यो । ठोक्किएको औँलो फुटेको थियो । रगत बग्न थाल्यो । आफ्नो खुट्टा त्यही ढुङ्गामा अड्याएर उसले घाउमा पट्टी बाँध्यो । फेरि सकी-नसकी जुत्ता लगाएर ऊ खोच्याउँदै अगाडि बढ्यो । उसले खुट्टा अड्याएको ठाउँमा रगतको टाटो लागेको थियो ।

बस बिसौनी मा बसिरहेकी त्यो नवविवाहिता माथि मेरा आँखाहरू अनायासै अडिए । मेरो छेऊको बेञ्जको कुनामा समेटिएर, संकुचित भएर, सर्माउँदै बसिरहेकी थिई । अनुहार राम्रोसँग देखिएको त थिएन, तर घुम्टोको छेऊबाट चियाइरहेको अनुहारको जति परिमाणमा देखिन्थ्यो, त्यही नै उसको सुन्दरताको अनुमान लगाउन पर्याप्त थियो । दुबै खुट्टामा पोतिएको बुट्टेदार रङ्ग, खुट्टाको औँलामा चाँदीको बिछिया अनि मोटो-मोटो चाँदीको पाउजु उसको सुन्दरता माथि अझ प्रभाव थप्दै थियो ।
सँधै झैँ आज पनि ऊ घरबाट निस्क्यो।