क्योतोः जहाँ म नेपाल देख्छु
बुलेट प्रुफ ट्रेनभित्र हामी पनि बेगिँदै थियौँ । त्यो वायुपङ्खी ट्रेन सुलुत्त सुरुङभित्र पसेर खरायोजस्तै बाहिर उज्यालोमा फुत्त निस्कन्थ्यो । घरि गगनचुम्बी महलहरूको नजिकै सडकको छाती कुल्चिएर दगुर्थ्यो, त कहिले जङ्गलको बीचबाट चेपिएर अघि बढ्थ्यो । म झ्यालनेरबाट एकटकले आँखा गाडेर बाहिरका दृश्य/परिदृश्यहरू नियालिरहेँछु ।
