बाहिर बर्षा बिजुली विनोद शर्मा मुक्तक by विनोद विवशJune 22, 2011बाहिर बर्षा, बिजुली असिनाको याद आउँछ बिस्तारामा उनीसँग पसिनाको याद आउँछ बर्षा ऋतु, गर्मी कोठा बेग्लै थियो मौसम एक्लै हुँदा अर्ध-नग्न हसिनाको याद आउँछ
तिमीलाई भुल्ने ओखती……….. विनोद शर्मा मुक्तक by विनोद विवशMay 18, 2011तिमीलाई भुल्ने ओखती, पाए कति पिउँथेँ होला तन यता मन उता, नभइकन जिउँथेँ होला मनभित्र बसेकीलाई, निकालेर फाल्न मिले चिर्थे मुटु फाल्थेँ उनलाई, २/४ टाँका सिउँथेँ होला
नेपाल बन्द हुन्छ भोलि विनोद शर्मा मुक्तक by विनोद विवशMay 16, 20114 Commentsलोग्नेले स्वास्नी कुट्यो, नेपाल बन्द हुन्छ भोलि पानी पिउँदा गिलास फुट्यो, नेपाल बन्द हुन्छ भोलि पैसा देखाई हिँड्दै थियो, पल्लाघरे रामबहादुर चोर आयो पैसा लुट्यो, नेपाल बन्द हुन्छ भोलि
हिजो साँझको कुरा नगर भो विनोद शर्मा गजल by विनोद विवशApril 2, 2011 हिजो साँझ बजेको सातको कुरा नगर भो नशा लाग्ने प्रेमको मातको कुरा नगर भो नसम्झाऊ सँगै भा’को जङ्गलको बीचमा रुखका हाँगा बिछ्याएका पातको कुरा नगर भो