Skip to content

हिजो साँझको कुरा नगर भो


हिजो साँझ बजेको सातको कुरा नगर भो
नशा लाग्ने प्रेमको मातको कुरा नगर भो

नसम्झाऊ सँगै भा’को जङ्गलको बीचमा
रुखका हाँगा बिछ्याएका पातको कुरा नगर भो

प्रेमको जोश थियो जवानी बेहोश थियो
अङ्ग-अङ्ग सुम्सुम्याउने हातको कुरा नगर भो

सम्हाल्नै गाह्रो हुने उम्लिएको यौवन तिम्रो
आजकल नै बिहे गर्ने बातका कुरा नगर भो

झम्के साँझको जुनेलीमा हिजोको साँझ बित्यो
आज पनि त्यस्तै गर्ने रातका कुरा नगर भो

Leave a Reply

Your email address will not be published. Required fields are marked *