सोह्रखुट्टे भरत जंगम आधुनिक कथा मधुपर्क २०६७ चैत by kbsApril 3, 2011विश्रामस्थलको नजिकै आइपुगेकी छन् जमिला । जतिजति सोह्रखुट्टे नजिक पुग्यो, उनको पिठ्यूँमा भएको घाँसको भारी गरुङ्गो हुँदै गइरहेछ । सायद विश्रामस्थल नजिकिएकाले घाँसको भारी गरुङ्गिँदैछ उनको ।