Skip to content

मधुपर्क २०६७ चैत

नारी

  • by

जीवन साथी नभए नारी व्यवहार चल्दैन
माटोमा पानी नमिली अन्न कहिल्यै फल्दैन
वर्षन्न त्यसै वर्षामा झरी नभए बादल
दुइटा हात नमिली राम्रो बज्दैन मादल

तीन अभिव्यक्ति

  • by

असहृय भो
वीर भनिने नेपाली आज किन दिनोदिन निर्वल भो
शान्तिदूतको जन्मस्थल यही अशान्त, क्रान्त कसरी भो
सगरमाथाको उच प्रतिष्ठा हरपल किन ह्रास भो
बुझ पचाई हिँड्छाँै कसरी असहृय भो असहृय भो ।

फुक्का-फकिर साहित्यकार

  • by

कुरा वि.सं. २०१२ सालतिरको हो । म्याट्रिक परीक्षामा उत्कृष्ट अङ्क ल्याएकोले उहाँलाई खड्गशमशेरका नाति तुङ्गशमशेरका छोरा द्रोणशमशेरले यस्तो प्रतिभाशाली विद्यार्थीले पढ्न छोड्नु हुँदैन भन्दै खर्च दिएर बनारस पढ्न पठाएका थिए । पढ्न त जानु भयो तर आइ.ए. पढ्दापढ्दै उहाँमा सांसारिक मायामोहप्रति वैराग्य र आफ्नै जीवनप्रति पनि वितृष्णा उत्पन्न हुनथाल्यो ।

सत्यजस्ता लाग्ने कथाहरू

  • by

वि.सं. १९८५ कात्तिक २९ गते पहिलो पटक यस धर्तीमा आँखा खोलेका इन्दुशेखर चालिसे रामबाबु, रामेश्वर हुँदै नेपाली साहित्यको आख्यान विधामा कलम चलाएर ‘रमेश विकल’ को नामले चर्चित बन्न सफल भए । वि.सं. २००६ सालमा ‘शारदा’ पत्रिकामा ‘गरिब’ शीर्षकको कथा प्रकाशित भएदेखिको उनको लेखनयात्रा जीवभर चलिरहृयो ।

नवीन शैलीका समय स्वरहरू

  • by

धेरै लेखिने र थोरै पढिने विधा हो कविता । पाठकमा मात्र होइन, समालोचकमा पनि न्यून खपत हुने अपच र निरीह कविता । कवितासङ्ग्रह भनेपछि पुस्तक पसलेले उपेक्षा गर्दै लेखक, प्रकाशकबाट लिनै मान्दैनन् । कविता होइन, अन्य विधाका रचना पठाउने सम्पादकीय आदेश हुने यो साहित्यिक माहौल ।