इन्द्रबहादुर राई

एक दिनको सामान्यता

  • by

“मूलाको बीउ तिमीले पातलो छरेछौ, माया,” मैले भनेँ। कुटेमा टासिँएको माटो सुकेको बाँस सिन्काले कोट्याउँदै थिएँ मैले।
“अस्तिको झर्को पानीले हुन त सबै भररर उम्रेछ।”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

खीर

त्यति बेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ । घटना, घटना नै भनूँ, यस्तो भएको थियोः

हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो धेरै ठाउँ र उपन्यासमा पनि धेरै नै पल्ट पढिसकेको लेखिसकेको भए पनि साँच्चै टिस्टाले बहँदै कराएको मैले धीत मारेर सुन्न पाएको थिइनँ । मध्यदिन र मध्यरातमा स्वाँ…. लामो ढाक्दो आवाज गरेर टिस्टा खोला बास्छ भनेर पनि बर्खा र हिउँदोमा त्यसको बगरतिर काम गर्न जानेहरूबाट सुनेको छु । तर कालिम्पोङ-गान्तोक जाँदा-आउँदाको हतारमा गाडीदेखि एकछिन उत्रेर पुलमा पुगेको, पानीमा मास्तिर तल्तिर हेरिपठाएको, त्यतिले टिस्टाको आवाज सुन्ने मेरो तृष्णा र भोक अतृप्त नै रहेको थियो । महान् भन्न मन लाग्ने हरियो-नीलो जलराशिको बग्दो फैलावटमाथिका सुप्तझैँ बालुवाहरूमा अनेकौँ विगतका करङहरू कोरिएर रहेको, हावाको वेगले पङ्खा लागेर वरपरका जम्मै झार-जङ्गलहरू हल्लिरहेको कल्पनाबीच टिस्टाको हररर – भित्र कतै छुट्टै छललल- को आवाज, कतै भिन्दै भुरुरुरु-हरू पनि भएको र बजेको याद आउँथ्यो… । गान्तोकबाट फर्किएको त्यस दिन त्यसै र त्यहीँ टिस्टामा मैले वास पारेको थिएँ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •