Skip to content

साहित्य सरिता

एक दिनको सामान्यता

  • by

“मूलाको बीउ तिमीले पातलो छरेछौ, माया,” मैले भनेँ। कुटेमा टासिँएको माटो सुकेको बाँस सिन्काले कोट्याउँदै थिएँ मैले।
“अस्तिको झर्को पानीले हुन त सबै भररर उम्रेछ।”

परदेशी साथी

  • by

हर्कबहादुरसँग पहिलो भेटमै माया बस्ला भन्ने सोचेकी पनि थिइनँ । हुन त नसोचेको कुराले प्राथमिकता पाउँछ त्यो मलाई थाहा छ, तर भेट भएकोमा मैले गुनासो पनि पोखेकी छैन । ‘म घुम्न मन पराउने मान्छे’ उसले मेरो दाहिने हात समात्दै भन्यो । म झस्किएँ तर उसको हातसमाइले मलाई यसरी अव्यक्त पीडाभित्रको सुखानुभूति दिन्छ भन्ने चाहिँ मैले सोचेकी थिइनँ । यसरी आज ६,७ वर्षछिको हाम्रो मित्रतामा उसले निर्धक्कसँग मेरो हात समातेको थियो । हाम्रो समाजमा एउटा पूरा उमेर पुगेको केटाले एउटी उमेर पुगेकी केटीलाई हात समात्‍नु पक्कै पनि स्वीकार्य हुन सक्तैन भन्ने कुरालाई सायद उसले बुझेको पनि हुनुपर्छ । तर यतिखेर उसले समाजलाई बिर्सेको छ र निर्धक्कसँग बीचसडकमा मेरो हात समातेर सँगै जीवन बाँचौं भन्ने आग्रह गरेको छ ।

भिडन्त

  • by

प्लेन नेपालगन्ज विमानस्थलमा ओर्लिएपछि ऊ केही ढुक्क भयो । आश्वस्त भयो । अब त बाँचियो भन्ने भाव देखियो उसको अनुहारमा ।

ऊ जुम्ली । जुम्ला उसको घर । तर अब जुम्लामा उसको घर छैन । अवशेष मात्र छ घरको । अहँ, घरको केही पनि स्याहार्न पाएन उसले । एकैछिनमा आगोले यसरी डढायो कि घरसँगै उसको केके जल्यो केके । त्यसपछि ज्यान जोगाएर भाग्नुपर्‍यो उसले । जुम्ला छाड्नुपर्‍यो उसले । फेरि जुम्ला फर्कन पाइएला-नपाइएला, फेरि जलेको ठाउँमा अर्को घर बनाउन पाइएला-नपाइएला, यो सबै सुदूर भविष्यको कुरा । त्यति टाढासम्मको सोच्ने, अनुमान गर्न सक्ने हैसियत छैन उसको । ऊ त बस वर्तमानलाई बुझ्नसक्छ, त्यो पनि अलिअलि, त्यो पनि आफ्नै पाराले, त्यो पनि आफ्नै खालले ।

तीन कथा-तीन पात्र

  • by

कथा एकः पात्र एक

कट्……..कट्…………कट्………उफ् ! फेरि बज्न थाल्यो पल्लो कोठाको खाट। यो खाटबजाइ पनि खै ! कुनै समयमा यो खाटबजाइ मेरा लागि आनन्द र लाजको कारक हुने गर्थ्यो तर के गर्नु खै, अहिले त यसले पीडामात्र दिइरहन्छ। कट्…..कट्…. उफ् ! म सहनै सक्तिनँ र बरन्डामा निस्कन्छु। बाहिर जुनेली रात रहेछ। चन्द्रमा ! आहा ! यो चन्द्रमा त मेरो चिरकालको साथी। अब त यही चन्द्रमा त रह्यो नि आफ्नो भन्ने ! चन्द्रलाई त निशाले लगिहाली नि।

धना दिदी

  • by

२०६० भाइटीकाको दिन । टीका लगाउने साइत ढिलै भएकाले हामी दाजुभाइहरू सिकुवामा बसेर समसामयिक विषयमा छलफल गर्दै थियौँ । मन उचाट थियो । समग्रमा निराशाका कुराहरू नै थिए छलफलका । रमाइलो मान्नुपर्ने चार्डपर्वमा पनि मेरो मन कुनै बेला बिनाकारण निराश बन्छ । बिनाकारण निराशा हो वा निराशाको कारण म आफैँले पत्ता लगाउन नसकेर हो म निराश चाहिँ हुन्छु । भित्री निराशालाई प्रकट नगरी म छलफलमा भाग लिइरहेको थिएँ । त्यत्तिकैमा आँगनका पल्ला छेउमा दुईजना व्यक्तिहरू मलीन अनुहार लिएर देखा परे । मेरो परिचयको सूचिमा नपरेका व्यक्तिहरूले माल्दाजुलाई बोलाएर अलिपर लगे । म अलि अलमलमा परेँ। समयकाल ठीक छैन । कस्ता व्यक्ति हुन् – के गर्न आएका – मनमा कुरा खेलीरहे एकछिन । केही समयपश्चात् माल्दाजु आएर घोषणा गर्नुभयो “धना दिदी बित्नुभयो अरे । आमालाई अहिले नसुनाऊँ टीका लगाएपछि सुनाउँला ।” वहाँको घोषणाले मेरो मनको निराशालाई दुःखमा बदल्यो । मलाई लाग्यो मलाई कसैले ठूलो भीरबाट खसालिदिएको छ । हातखुट्टा शून्य भएर आए । केहीक्षण पछि चेतना फिर्‍यो । मेरी आमालाई सानीमा भनेकाले हाम्री दिदी हुनुभएकी धना दिदी यति चाँडै खस्नुहोला भन्ने मनको कुनै अन्तरकुन्तरमा पनि थिएन । वहाँ अस्वस्थ हुनुभएको त थाहा थियो तर यति छिटै वहाँको चोला उठ्ला भनेर सोचेकै थिइनँ । अझ टीकाकै दिनपनि धना दिदी टीका लाइदिन लठ्ठी टेक्दै टुप्लुक्क आइपुग्नुहुन्छ कि भन्ने आस बोकेको मनलाई वहाँको मृत्युको खवरले मर्माहत तुल्यायो ।

यथावत्

  • by

ऊ बसबिसौनीमा आइपुगेको थियो । बाटो छोटो तर कष्टकर भएकाले यहाँसम्म आइपुग्दा ऊ थकित थियो। पसिनाले उसका कपडा निथ्रुक्क भिजेका थिए। ऊ बसको काउन्टरमा उभिएको थियो।
‘बस कुन बेला जान्छ?’ उसले प्रश्न गर्‍यो।
‘एक घन्टापछि।’ कर्मचारीले जबाफ दियो।
‘यतिका बेर पर्खन्छ?’ उसले प्रश्न गर्‍यो।
‘समय नै त्यही हो।’ कर्मचारीले भन्यो।
‘यो त दिक्कलाग्दो भयो।’ उसले भन्यो।
‘यस्तो ठाउँमा धन्न बस चलाइएको छ, खुसी मान्नोस् न।’ त्यसले भन्यो।

अन्धकार अनन्त

  • by

मस्तिष्कले शून्यतामा पौडिरहेका बेलामा न केही लेख्‍न सकिन्छ न त केही सोच्न नै। सोचको शून्यता यति सारो भयावह लाग्दो रहेछ मैले यतिखेर अनुभव गरिरहेको छु। बितेका केही हप्ताहरूमा मैले केही लेख्‍न सकिरहेको छैन। भावशून्यताको पोखरीमा डुब्दाडुब्दै केही देखिन्छ कि, केही आउँछ कि किनारमा जसको सहाराले म पौडिन सकूँ भन्ने लागिरहेको थियो कैयौँ दिनदेखि। पढाउने-पढ्ने पेसा अँगालेको मलाई, यस्तै क्रममा एक दिन पहिलो घण्टी सकिएर दोस्रो घण्टी लाग्न लागेका बेलामा भीमदाइले आएर भन्नुभयो – “सरलाई भेट्न कोही आउनुभएको छ।”

जिउँदो बाजेको किरिया

  • by

हिउँदको महिना । रात कालो र लामो । साँझ खसिरहेको समय । लक्ष्मण कोठामा भित्रिन्छ र मलाई अभिवादन गर्छ । म बस्ने ईशारा गर्छु, कारण, लेखिरहेको छु । केही पङ्‌क्ति लेखिसके पश्चात् सोध्छु ।
“कहाँबाट आइस् ?” (ऊ मेरो भाइ हो ।)
ऊ उत्तर दिन्छ “घरैबाट” (घर शिवगन्ज हो ।)
“किन यतिबेला आइस् त अलि चाँडै आउनु पर्दैन।” म दाइ भएको अहम् घोल्छु ।
“एउटा खबर लिएर आएको।” ऊ बोल्छ ।