Skip to content

suman ghimire

मोती नमाग, सुन नमाग मसंग,

मोती नमाग, सुन नमाग मसंग,
तारा नमाग, जुन नमाग मसंग!!

एउटा छ त्यो पनि छिया छिया छ,
मुटु नमाग, खुन नमाग मसंग!!

हेरत म नि नांगै छु यो सिरेटोमा ,
जाडो छेक्ने उन नमाग मसंग!!!

पिंडाको सारेगम मा,रुवाईको गीतले ,
फुटीसक्यो बासुरी नि धुन नमाग मसंग !!

बाँकी जे छ तिम्रै हो लैजाउ सबै,
म नै अल्नो छु , नुन नमाग मसंग!!

मोती नमाग, सुन नमाग मसंग,
तारा नमाग, जुन नमाग मसंग!!
२४/०७/२०६८ “सुमन काले”

कुलत ती छुटे सब, तलतल छ माया तिम्रो!!!

मूल फुटेर मनमा, जलजल छ माया तिम्रो,
स्वच्छ त्यो हिमनदिझैं, कलकल छ माया तिम्रो!!!

दिन रात साँझ बिहान्, हर्दम छ हरपल छ,
घण्टा, मिनेट सेकेन्ड , पलपल छ माया तिम्रो!!

यती धेरै माया मनमा, तर छ यो दुरी दुस्मन,
कस्तो कठोर याद यो, झलझल छ माया तिम्रो!!!

रक्सि चुरोट छोड्या’छु, तिम्रै मायाको कारणले,
कुलत ती छुटे सब, तलतल छ माया तिम्रो!!!

मन भा’छ वायुपंखी, बहकिन्छ कहिले काहीं,
पुर्नेको जुन झैं तिमी, टलटल छ माया तिम्रो!!!

मूल फुटेर मनमा, जलजल छ माया तिम्रो,
स्वच्छ त्यो हिमनदिझैं, कलकल छ माया तिम्रो!!!
१२/०८/२०६८ “सुमन काले”