Skip to content

facebook

मेरे नेताजी ! (नेपालका गरिव नेताहरुको कथा ब्यथा) source face book

मेरे नेताजी (नेपालका गरिव नेताहरुको कथा ब्यथा ) !!

ये वेचारे बहुत गरिव थे
गरिवी हटानेके लिए लड़ते रहे
गरिव जनताके नाम पे लड़ते रहे
वेचारे दिन रात ये लड़ते रहे
लड़ते लड़ते जिन्दगी भर
ये देशके गिनतीके अमिर बन गए
गरिव जनता और गरिव बन गए
अब भी ये बातों बातोंमे
जनताके लिए लड रहें है
वेचारे यिनकी जिन्दगी
पल पल जनताको लुटनेके लिए
कुर्वान है !
लुटो खुब लुटो
जिन्दगी लुट्नेके लिए है
एक बात मेरी तुमसे है
बस जनताके नाम पे ना लुटे
हम लोग जैसे है अच्छे है
हमारी गरिवी मत छिनो
हम जो है वो ही हैं
हमने बचना सिख लिया
दुख: मत करो हमारे लिए
ऐसी गरिवी मत हटाओ

आफै गल्ती

आफै गल्ती गरि बिराउछ मान्छे ।।
अनि अर्कैसँग फेरि रिसाउछ मान्छे ।।

खै कस्तो विवेकशील प्राणी हौं हामी,
अमृत भन्दै विष पिलाउछ मान्छे ।।

गुहार गुहार भनी सहारा माग्दा खेरी,
निदाएको नाटक गरि निदाउछ मान्छे ।।

हेर्दै जाउ तिमी फूल ओइलिए पछि,
काँडा बनि मुटुमा बिझाउछ मान्छे ।।

धर्म गर्यौ भने सबै पाप कट्छ भनी,
कयौं पाप गर्न सिकाउछ मान्छे ।।

मेरो प्रश्नको जवाफ उस्ले प्रश्नले नै दिई ।।

मेरो प्रश्नको जवाफ उस्ले प्रश्नले नै यसरी दिई ।।
यस्तै जाडोको बेला थियो । म टोलाइरहेको थिँए । तर किन ? खै याद नै भएन । लाख कोसिस गर्दा पनि यो दिमागले सम्झिन नै सकेन । त्यतिकै मा पछाडीबाट कसैको आवाजले मलाई बोलायो । मैले शिर घुमाए ,जता बाट आवाज आएको थियो । मेरो सामु हातमा फुल लिएर उभिएकी थिइन् चढ्दो बैशालु उमेर कि एक युवती । “सानू ,तिमि कता हिडेकी हातमा फुल बोकेर ?” मेरो यो प्रश्नको जवाफमा उस्ले हातको त्यो फुल मेरो अगाडी राख्दै अनि ओठ टोक्दै भनी ” आशुतोष ,के तिमी र म मिलेर एउटा love story बनाउन सक्दैनौं ?” अनि मैले त्यो फुल………दुबैको ओठमा मुस्कान……….

तिर्खा मेट्ने खोली तिमीले

तिर्खा मेट्ने खोली तिमीले ,पायौ र त अन्तै ।
धोका मलाई दिई माया ,लायौ र त अन्तै ।।

हुन पनि छाड्यो भेट ,अचेल तिम्रो र मेरो
तारा दिन्छु भन्नेसँग तिमी ,धायौ र त अन्तै ।।

यता तोड्यौ वाचा कसम ,खुसि हुदै तिमिले
सँगै जिउने मर्ने कसम ,खायौ र त अन्तै ।।

रहर तिम्रो पुरा भयो ,अनि बनायौ पागल मलाई
मेरो घरबार उजाड पारी ,छायौ र त अन्तै ।।

कसरी हुन सक्छु र म ,अब सधैं सधैं खुसी
मेरै आँखा सामु घरबार ,बसायौ र त अन्तै ।।।

राज धिमाल `आशुतोष´
बर्दिबास ९,महोत्तरी

दैव हरे के आयो

आज एउटा क्लासिकल गीत राख्ने धृष्टता गरेको छु, हुन त मलाई क्लासिकलको “क” पनि आउंदैन ।यो गीत करिब चालीस बर्ष अगाडी लेखेको थिएँ।जस्तो थियो त्यस्तै राखेको छु।जसलाई क्लासिकल गीतको ज्ञान छ वहाले सुधारी दिनु हुन्छ कि भनि अनुरोध पनि गर्दछु।यहाहरुको सुझावको स्वागत छ।

दैव हरे के आयो

दैव हरे के आयो बिरह को बादल छायो ~
दैव हरे के आयो~~~
धिक पिक धिक पिक बिजुली गर्छ
धिक पिक धिक पिक बिजुली गर्छ
मृतुशैयाको~ रुप देखायो
दैव हरे के आयो~~~
भुत बिते ~~~ भुत बिते बर्तमान बिते झैँ छ
भुत बिते बर्तमान बिते झैँ छ
भविस्यको कल्पना मा~ नै के छ र
भविस्यको कल्पना मा नै के छ र

सयौं फूलका एउटै माला

सयौं फूलका एउटै माला

चमत्कारले हुँदैन बाबै उद्धार देशको
लुछालुछ गरि न बिगारौं अनुहार देशको

कर्म गर्न न छाडौं असफलै भए पनि
तोड्न हुदैन कसैले पनि विस्वास देशको

धैर्यको नै अहिले बढी खाँचो छ हे! साथी
सयौं फूलका एउटै माला हामी आधार देशको

छर छिमेक बाट आउलान कती स्वार्थी मित्रहरु
आफ्नो झोली मात्र भर्न न गर ब्यापार देशको

भाइ भाइ न फुटौँ हामी नेपालका शंतान हौं
सुधारौं आफ्नो व्यवहार गर बिचार देशको

हरि पौडेल

मोती नमाग, सुन नमाग मसंग,

मोती नमाग, सुन नमाग मसंग,
तारा नमाग, जुन नमाग मसंग!!

एउटा छ त्यो पनि छिया छिया छ,
मुटु नमाग, खुन नमाग मसंग!!

हेरत म नि नांगै छु यो सिरेटोमा ,
जाडो छेक्ने उन नमाग मसंग!!!

पिंडाको सारेगम मा,रुवाईको गीतले ,
फुटीसक्यो बासुरी नि धुन नमाग मसंग !!

बाँकी जे छ तिम्रै हो लैजाउ सबै,
म नै अल्नो छु , नुन नमाग मसंग!!

मोती नमाग, सुन नमाग मसंग,
तारा नमाग, जुन नमाग मसंग!!
२४/०७/२०६८ “सुमन काले”

कुलत ती छुटे सब, तलतल छ माया तिम्रो!!!

मूल फुटेर मनमा, जलजल छ माया तिम्रो,
स्वच्छ त्यो हिमनदिझैं, कलकल छ माया तिम्रो!!!

दिन रात साँझ बिहान्, हर्दम छ हरपल छ,
घण्टा, मिनेट सेकेन्ड , पलपल छ माया तिम्रो!!

यती धेरै माया मनमा, तर छ यो दुरी दुस्मन,
कस्तो कठोर याद यो, झलझल छ माया तिम्रो!!!

रक्सि चुरोट छोड्या’छु, तिम्रै मायाको कारणले,
कुलत ती छुटे सब, तलतल छ माया तिम्रो!!!

मन भा’छ वायुपंखी, बहकिन्छ कहिले काहीं,
पुर्नेको जुन झैं तिमी, टलटल छ माया तिम्रो!!!

मूल फुटेर मनमा, जलजल छ माया तिम्रो,
स्वच्छ त्यो हिमनदिझैं, कलकल छ माया तिम्रो!!!
१२/०८/२०६८ “सुमन काले”

परेली मै संगालेर

परेली मै संगालेर आसुँ मैले थुनी रहें ।
चोखो माया अंगालेर फाटेको मन तुनी रहें ।।

आफूलाई बिर्सिएर मात्र चाहें तिम्रो खुशी
तिमी नै हो जिबन भनी तिमीलाई चुनी रहें ।।

थाहा छैन तिम्रो मनमा बस्न सफल छु कि छैन
पागल प्रेमी बनी आज माया जाल बुनी रहें ।।

कुन्नी के भो तिम्रो सामु नौनी सरी पग्ली सकें
झनै मिठो बोली सुन्दा लठ्ठिएर सुनी रहें ।।

सक्दिन म हटाउन मेरो मनको कुनाबाट
हर पल हर क्षण तिम्रै नाम गुनी हरें ।।

भिम बस्नेत
दोहा कतार