Skip to content

सानु पाण्डेय

अन्तै बसाई सारेपछि

सुगन्धित पुष्प खोज्छौ कोपिला नै झारेपछि
के अर्थ भो फूल छरी हिड्ने बाटै बारेपछि

यो जुनिमा तिम्रै हुँ म भन्थ्यौ शिरमा हात राखी
व्यर्थ भयो कसम खाको आज एक्लै पारेपछि

SanuPandey-02

यसपालीको तिहार

यसपालीको तिहारमा त, आउँला भन्थ्यौ दाजु
तिमीसँग भाइटीका लगाउँला भन्थ्यौ दाजु

वर्ष दिनमा आउने चाड रमाईलो गर्नु पर्छ
साथीसंगी मिली देउसी गाउँला भन्थ्यौ दाजु

तिमीसँग जिन्दगी

तिमीसँग जिन्दगी यो बिताउने रहर हुँदा
बाचेर नि मरे झै छु त्यही रहर जहर हुँदा

भुल्न खोज्छु जति झनै ताजा बन्छौ स्मृतिमा
बस्ती छोडी गए पनि उही पुरानै शहर हुँदा

काली चाहियो

भन्छौ तिमी मलाई मेरै काली चाहियो
सधै यस्तै माया गर्ने दिलवाली चाहियो

उराठ भाछ मन भन्छौ खडेरीको बनसरी
ढकमक्क माया फूल्ने डाली चाहियो

हामी दुईको माया फूल्ने बनाउँछु फूलबारी
मलजल गर्नलाई माली चाहियो

सधै जीत भए पुग्छ

हार्नेछु म तिम्रो सधै जीत भए पुग्छ
जीवन-साथी होइन तिमी मित भए पुग्छ

लेख्छौ अरे मेरो नाउँमा प्रणयका काव्यहरू
तर मलाई एउटै सानो गीत भए पुग्छ