Skip to content

तिमीसँग जिन्दगी


तिमीसँग जिन्दगी यो बिताउने रहर हुँदा
बाचेर नि मरे झै छु त्यही रहर जहर हुँदा

भुल्न खोज्छु जति झनै ताजा बन्छौ स्मृतिमा
बस्ती छोडी गए पनि उही पुरानै शहर हुँदा

प्यास मेट्न आवश्यकता हुनै छोड्यो पानीको त
केवल तिम्रै वियोगमा आँशु झरी नहर हुँदा

अधुरा ती खुसीहरू बल्झिदिँदा बिरानीमा
रात बित्नै गाह्रो भयो पराधिन प्रहर हुँदा

चाहनालाई पन्छाएर बाध्यतालाई अंगाल्दा त
देखिएको लाश छैन बाँच्नु मात्र कहर हुँदा

4 thoughts on “तिमीसँग जिन्दगी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *