Skip to content

किरण के सी अनुराग

थाहा छैन हिजआज किन धेरै पिउन लाछु

सपना यी महलका अलिकति सिउन लाछु
टुक्रिएको जिन्दगीलाई सम्हालेर जिउन लाछु
थाहा छैन हिजआज किन धेरै पिउन लाछु

कोमल यो मुटुलाई पथ्थर बनाई जिउन लाछु
बल्ल आज थाहा भयो आफैलाई चिन्न लाछु
थाहा छैन हिजआज किन धेरै पिउन लाछु

नसम्झाऊ चोट के हो

नसम्झाऊ चोट के हो अब सबै बुझिसकेँ
नसिकाऊ इज्जत के हो जब सबै लुटिसके

नलगाऊ मलम अब घाउ सबै कुहिसके
नकमाऊ हात अब जब पराई बनिसके

सुन्छु म कता कता तिमी माया मलाई धेरै गर्छौ अरे

सुन्छु म कता कता तिमी माया मलाई धेरै गर्छौ अरे
बिहानीको सूर्यलाई किरण सम्झी पूजा सधै गर्छौ अरे

उजाड, उदास निधरीलाई सम्झी मेरै नाम भर्छौ अरे
साँझमा याद मेरो धेरै आई ज्योति पनि बाल्छौ अरे
सुन्छु म कता कता तिमी माया मलाई धेरै गर्छौ अरे

दिन रात नभनी मेरो नाम लिदै सधैँ रुने गर्छौ अरे
पलपल मलाई सम्झी घरी घरी पागल पनि हुन्छौ अरे

उनी बिना मर्छु भन्दै तिमी सधै तर्क यही गर्छौ अरे
भेट हुने मिठो आशमा सधै तिमी बेँसी पनि झर्छौ अरे
सुन्छु म कता कता तिमी माया मलाई धेरै गर्छौ अरे