Skip to content

थाहा छैन हिजआज किन धेरै पिउन लाछु


सपना यी महलका अलिकति सिउन लाछु
टुक्रिएको जिन्दगीलाई सम्हालेर जिउन लाछु
थाहा छैन हिजआज किन धेरै पिउन लाछु

कोमल यो मुटुलाई पथ्थर बनाई जिउन लाछु
बल्ल आज थाहा भयो आफैलाई चिन्न लाछु
थाहा छैन हिजआज किन धेरै पिउन लाछु

गल्ती मेरै गुण लाई आफैँलाई रिन लाछु
सपना यी कोरा आज सजाएर जिउन लाछु
थाहा छैन हिजआज किन धेरै पिउन लाछु

खोक्रो मेरो रित्तो जीवन सम्हालेर जिउन लाछु
उदास, उजाड मेरो जीवन अलिकति चिन्न लाछु
थाहा छैन हिजआज किन धेरै पिउन लाछु

किरण के सी अनुराग
दहथुम–५
स्याङ्गजा
नेपाल

3 thoughts on “थाहा छैन हिजआज किन धेरै पिउन लाछु”

Leave a Reply

Your email address will not be published. Required fields are marked *