आफन्तले छोडेपछि विनोद विवश मुक्तक by विनोद विवशSeptember 16, 2011आफन्तले छोडेपछि पिउन पर्दो रहेछ नचाहँदा नचाहँदै जिउन पर्दो रहेछ इच्छा छैन तर पनि उध्रिएको मुटुलाई सियो धागो लिएर सिउन पर्दो रहेछ
तिम्रो याद विनोद विवश मुक्तक by विनोद विवशSeptember 14, 20111 Commentतिम्रो याद यो मनबाट, भागेन किन किन तिर्खा पनि भोक पनि, जागेन किन किन अनलाइन आउँछ्यौ भनेर, पर्खें राति अबेरसम्म आइनौ तर निद्रा मलाई, लागेन किन किन
कहिले त रानी भन्यौ विनोद विवश मुक्तक by विनोद विवशSeptember 11, 2011कहिले त रानी भन्यौ, त्यही आँखाकी नानी भन्यौ बिहे गरौँ भन्दाखेरी, म छु अँझै सानी भन्यौ आगो दन्क्यो पिरतीमा, अतालिएको थिएँ म निभाउन भन्दाखेरी, छैन कतै पानी भन्यौ
तिम्रो उमेर विनोद विवश गजल by विनोद विवशSeptember 8, 20113 Commentsतिम्रो उमेर सोह्र पुगी, भर्खर भर्खर सत्र भए दिएर छोड मलाई, एउटा प्रेम पत्र भए लुकाउन सकिनौ कि, सारा अङ्ग देखाई हिँड्छ्यौ सम्हालेर राखिदिन्थेँ, जोवन यत्र तत्र भए
हैरान भएँ विनोद विवश मुक्तक by विनोद विवशSeptember 5, 2011अँध्यारोमा भेटिएको याद आएर हैरान भएँ यौवनको प्यास मेटिएको याद आएर हैरान भएँ वस्त्र थिए तिम्रा मेरा छरिएका भुइँभरि अङ्ग अङ्ग रेटिएको याद आएर हैरान भएँ