श्रीमती जस्तै विनोद विवश मुक्तक by विनोद विवशSeptember 4, 2016निधारमा टिका, हातमा थाली लिएकी छिन् मलाई भुल्नै नसकिने उपहार दिएकी छिन् रातो चोली रातै साडी सायद तिजले होला आज प्रेमिका पनि श्रीमती जस्तै देखिएकी छन् विनोद विवश कुश्मीसेरा १, बागलुङ
आशिक बनाएर विनोद विवश गजल by विनोद विवशAugust 30, 20161 Commentकहिले गलत बनाएर कहिले ठिक बनाएर किन पठाए भगवानले कसैको आशिक बनाएर उनले जिन्दगीभरि मायाको ऋणी बनाएर गइन् मैले ब्याजमा ‘पीडा’ तिर्दैछु किस्ता दैनिक बनाएर
ऊ ! त्यो निष्ठूरी विनोद विवश गजल by विनोद विवशJanuary 14, 2016ऊ ! त्यो निष्ठूरीलाई पनि कहिलेकाहीँ सताउने गर ए आँशुहरू ! मेरा पनि पीडा बगाउने गर सहरीया छोरोलाई बूढी आमाले खबर पठाइन् बाटो पिच भयो बाबु अब गाउँ आउने गर
बबाल हुनेछ विनोद विवश गजल by विनोद विवशNovember 2, 2015जब सडकमा तिम्रो चाल हुनेछ तिमीलाई हेर्नेको सञ्जाल हुनेछ ननिस्किनु यसरी खुलेआम बाहिर देख्नेहरूबीच पक्कै बबाल हुनेछ
आगो बल्दैछ विनोद विवश गजल by विनोद विवशAugust 27, 2015जातीय हिंसा दन्केर आगो बल्दैछ कठै ! मेरो देश खै कसरी चल्दैछ आमा, कति बोकूँ छातीमा देशको माया जिउँदै तिम्रो छोरो सडकमा जल्दैछ कसरी मुस्कुराउन् लुम्बिनी, सगरमाथा ? छिमेकीले कालापानी, सुस्ता छल्दैछ
एक्लो राजा विनोद विवश गजल by विनोद विवशJuly 1, 2015एक्लो राजा हुन्छु रानी मेरो पनि छैन भैगो अब चिनाजानी मेरो पनि छैन टाढा जाने रहर भए जाऊ तर याद गर्नु फर्किएर हेर्ने बानी मेरो पनि छैन भोलि गए भोलि जाउ, पर्सी गए पर्सि आजै गए आनाकानी मेरो पनि छैन
बोलचाल बन्द छ विनोद विवश गजल by विनोद विवशJune 2, 2015किन आजकल पिरतीको अर्कै गन्ध छ यता दिल बेचैन हुँदा त्यता आनन्द छ के सोधेथें हिजो उसलाई ‘उस’ को बारेमा आज फेरि उसको मेरो बोलचाल बन्द छ योवनको उज्यालोले झिलिमिली हुन्थ्यो सहर पिरतीको दीप आजकल मन्द मन्द छ
बेहोसी नबनाऊ विनोद विवश गजल by विनोद विवशApril 18, 20151 Commentदेखाएर योवन तिम्रो बेहोसी नबनाऊ है पिलाएर नशा धेरै मद्होसी नबनाऊ है तिम्रो बैँशको उन्माद साँझले देखेको छ विचरा विहानीलाई दोषी नबनाऊ है गोप्य रहुन् जवानीले मातिएका कुराहरू संसारको अगाडि कोशी नबनाऊ है
दाडी देखेपछि विनोद विवश गजल by विनोद विवशNovember 30, 2014गोलो अनुहारमा चट्ट, दाडी देखेपछि तिमी पछि लागिहाल्यौ, गाडी देखेपछि उसै राम्रो जिउडाल तिम्रो, यसै राम्रा वस्त्र कामुक भएँ फुलबुट्टे, साडी देखेपछि
जुन जस्ती छौ रे (मुक्तक) विनोद विवश मुक्तक by विनोद विवशDecember 29, 2013सबले भन्छन् तिमी जुन जस्ती छौ रे जाडोको बेला न्यानो ऊन जस्ती छौ रे धनीको लागि तिमी हीरा हौ मोती हौ गरिबको लागि पनि नून जस्ती छौ रे ।
तिम्रो सत्र विनोद विवश गजल by विनोद विवशSeptember 2, 2013तिम्रो सत्र मेरो बीसले मतायो अस्तिको एउटा किसले मतायो
तयार छु विनोद विवश गजल by विनोद विवशMay 27, 2013तिमीले भन आफ्नो ज्यान फाल्न पनि तयार छु म आफ्नो चिता तिम्रो सामु बाल्न पनि तयार छु म तिमीलाई घरको परिवारको साथ मिल्छ भने भर्खर सिन्दुर सिउँदोमा हाल्न पनि तयार छु म सजिने हो भने साँच्चै दुलहीको भेषमा तिमी उप्किएका घरका भित्ता टाल्न पनि तयार छु म
कालो कोठी विनोद विवश गजल by विनोद विवशApril 7, 2013कालो कोठी ओठै माथि कति सुहाएको कुरा गर्दा नाना भाँती कति सुहाएको मन्दिरबाट फर्किएकी निधारमा टीकासँगै कालो केशमा फूल पाती कति सुहाएको सोह्रै शृङ्गार भरिपूर्ण अप्सरा हौ ए मिनाक्षी मिलेको जिउ टम्म छाती कति सुहाएको
कति सुहाएको विनोद विवश गजल by विनोद विवशFebruary 1, 2013कालो कोठी ओठै माथि कति सुहाएको कुरा गर्दा नाना भाँती कति सुहाएको मन्दिरबाट फर्किएकी निधारमा टिकासँगै कालो केशमा फूलपाती कति सुहाएको सोह्रै शृंगार भरिपूर्ण अप्सरा हौ ए मिनाक्षी मिलेको जिउ टम्म छाती कति सुहाएको
ताके पछि आइहालेँ विनोद विवश मुक्तक by विनोद विवशDecember 9, 2012नजरका निशानाले ताके पछि आइहालेँ विन्ती गर्दै भगवान् भाके पछि आइहालेँ चुम्बकले जस्तै तान्यो तिम्रो योवनले त्यसैले त तिमीले डाके पछि आइहालेँ विनोद विवश कुश्मीसेरा १, बागलुङ
आफ्नो तन विनोद विवश मुक्तक by विनोद विवशDecember 7, 2012आफ्नो तन मन दिएर आइछौ उपहार फिर्ता लिएर आइछौ प्रेम प्रस्ताव राख्न भेट्न बोलाए सिउँदोमा सिन्दुर पहिरिएर आइछौ विनोद विवश कुश्मीसेरा १, बागलुङ
साह्रै मन पर्यो विनोद विवश गजल by विनोद विवशSeptember 15, 2012तिम्रो मुस्कान तिम्रो बानी साह्रै मन पर्यो बुझे पनि आनाकानी साह्रै मन पर्यो रुपरङ्ग नि साह्रै राम्रो जिउडाल पनि सही मान्छे पनि सानी सानी साह्रै मन पर्यो कल्कलाउँदो जोवन तिम्रो हर्बराउँदो वैँश मुखै भयो पानी पानी साह्रै मन पर्यो
तिमीलाई भेट्नु विनोद विवश गजल by विनोद विवशAugust 26, 20121 Commentतिमीलाई भेट्नु केवल वहाना थियो सदैव आफ्नो बनाउने चाहाना थियो के गरेर गाँसौ मैले सम्बन्धको डोरी नजिक आउँछ्यौ कि भन्ने कामना थियो बोल्न डराउँथे रे केटा केटी पहिले त्यस बेला छुट्टै एउटा जमाना थियो
घात गरी आज विनोद विवश गजल by विनोद विवशAugust 16, 2012जसलाई आफ्नो सम्झेँ उसले घात गरी आज मेरो चोखो मायामा बज्रपात गरी आज भगवान् हौ तिमी मेरो भनेकै त थिएँ मैले त्यही बोलीमा खेली खेली मात गरी आज
पालो आयो विनोद विवश मुक्तक by विनोद विवशAugust 4, 2012तीन चार गोली निलेका निडर छातीको पालो आयो अब महिला, दलित, गरिब र जनजातिको पालो आयो अब कति हेर्ने बूढाहरूका दाह्री, जुँगा फुलेका ती अनुहार, बाजेहरू, बाटो लागे हुन्छ छोरा नातीको पालो आयो अब