Skip to content

केशव बोहोरा

कसरी म हाँसु

रात रोयो शित झ¥यो तिमी रोयौ आँशु
खुसी मेरो सबै खोस्यौ कसरी म हाँसु

प्रयास कैयौँ गरेकै हो गाँस्न प्रीतको डोरो
त्यही डोरो नि चुडिँएछ कसरी म गाँसु

फुलाउनु थियो प्रीतको फूल फुलेन त अब
फलै दिएन भनी फेरि किन पो बिउ नै माँसु

स्वच्छ रहोस सदा यहि कामना थियो मेरो
खोटो भइदियो प्रीतको फूल कसरी दिलमा टाँसु

विश्वास गरे

विश्वास गरे आत्मामा तिमी मर्नुपर्ने छैन
मुक्तिको लागि दौडधुप अब गर्नुपर्ने छैन ।

दुष्टको मुकाविला गर्दा एकल भई
पराजित भइएला भनी डर्नुपर्ने छैन ।
मुक्तिको लागि दौडधुप अब गर्नुपर्ने छैन ।

साथ त उहाँको छदै छ सधैँ,
एउटै शान्तिको लागि सबै खुशी हर्नुपर्ने छैन ।
मुक्तिको लागि दौडधुप अब गर्नुपर्ने छैन ।

उहाँ तिमीलाई खोज्दै हुनुहुन्छ

तिमीले पुजेका प्रत्येक प्रस्तरहरूमा
मैले पनि चिहाएको छु,
हृदयभरी चोटपर्दा
मैले पनि उनैलाई पुकारेको छु,
तर
तर, खै उनी त मेरो पिडामा मुस्कुराइ नै रहे
म फेरि चिच्याएँ, छेवैमा भएका मनुष्यहरू
सायद तर्सेछन्
उनी त फेरि उस्तै छन्,
मैले चढाएका नैवेद्यले पुरिइसकेछन्
पिंडा मेरो कसरी पो सुन्थे ।

तिमीले नाचेका प्रत्येक नाचहरू
मैले पनि नाचेको छु,
प्रत्येक पल्ट योगाभ्यास गरेको छु
किनकि,
म पनि विर्सन चाहन्थेँ आफैलाई
निर्भिक भएर म आफै भएर जिउन चाहन्थेँ
तर खै म आफै परजीवि पो भएछु
मेरा नृत्यहरूले मैलाई थकाए,
तर मैले आफैलाई विर्सन सकिन
प्रत्येक पल्ट आफै प्रयास गर्दै

जीवन दिएँ

जीवन दिएँ मैले तिम्रो लागि दियौ तिमीले के मलाई
यसरी नै उहा भन्नुहुन्छ सधैँ, गरन तिमी भलाई ।

सिकाएँ अपार प्यार गर्न, भलाइको निम्ति अघि सर्न,
भन्नुहुन्छ बाटो मनै हुँ, पर्खदैछौ तिमी अझै कल्लाई ।
यसरी नै उहाँ भन्नुहुन्छ सधैँ, गरन तिमी भलाई ।

बछेडा माथि सवार हुँदा, तिम्रै लागि गेतसमनीमा रुँदा,
तयार छौ के स्वागतको लागि, खजुरको हाँगा हल्लाइ ।
यसरी नै उहाँ भन्नुहुन्छ सधैँ, गरन तिमी भलाई ।

स्वर्ग छोडी धर्ती झर्दा, तिमै्र लागि चोट पाई मर्दा ,
भन्नुहुन्छ तयार छौ के प्रेम गर्न शरीर आÏनै गलाई
यसरी नै उहाँ भन्नुहुन्छ सधैँ, गरन तिमी भलाई ।

मेरो वुद्ध

यहाँ,
एक्काइसौ शताब्दीको विहानीसँगै
विश्व विध्वंशको दौडमा,
मेरो शान्तिको दुत
कहीँ हराइरहेछ,
मेरो वुद्ध सायद यहीँ कतै
अणुबमले खाएका भग्नावशेषहरूमा पुरिइरहेछ ।

आउँछौ भने

आउँछौ भने सपनीमै आउन त आएकै राम्रो भन्छन् ।
लाउँछौ भने लाउन त माया लाएकै राम्रो भन्छन् ।

कसम खाने मन छ रे तिम्रो खाए पनि हुन्छ,
खान्छु कसम म पनि खाएकै राम्रो भन्छन् ।

प्रेमपथमा वाधा त आउँछने रे कहिलेकाहिँ
वाधा त कहिलेकाहिँ हुनै पर्छ, भएकै राम्रो भन्छन् ।

मिलन पछि विछोड त अवश्य नै आउँछ रे
आए पनि खै के भनौ आएकै राम्रो भन्छन् ।