Skip to content

केशव बोहोरा

वृहस्पति (The Jupiter)

That’s Jupiter. The bigger one is Jupiter and others are its moons. ऊ धाराप्रवाह रुपमा व्याख्या गर्दै थियो । उसका कुनै कुरा मैले बुझेँ, कुनै बुझिन । कारण थियो उसको खगोलशास्त्रीय शब्दहरूको प्रयोग । बिचबिचमा yes भन्दै र टाउको हल्लाउँदै १/२ मिनेट जुपिटर अर्थात वृहष्पति ग्रह र त्यसका देखिएका चारवटा चन्द्रमा नियालिरहेँ । ऊ भन्दै थियो, “Jupiter has 11 moons …………… blah blah…….”। म अब टेलिष्कोपबाट आफ्ना आँखा मोडेर आकाशमा दृष्टि लगाउँदै थिएँ । ऊ प्रत्येक चम्किला पिण्डहरूलाई ग्रह, उपग्रह र ताराहरूमा विभाजन गर्दै मलाई बताइरहेथ्यो । म बुझे झैँ टाउको हल्लाउँदै उसका औँलाका इसारामा आँखाहरू दौडाउँदै थिएँ ।

सपना देख्नेहरुको लागि !

कालो चिटिक्क परेको सुट लगाएको एउटा ठिटो केहि किताबहरु हातमा लिएर मुस्कुराउँदै उसँग भएका किताब किनिदिन अनुरोध गर्दैछ । म बढाइ चढाइ गर्दै बनावटि मुस्कानमा आफ्ना सामानहरु भिडाउने व्यक्ति देखि टाढै रहन मन पराउँछु । आकाश पाताल जोडेर आफ्ना सामानका गुणहरु बखान गर्दै जबरजस्ती सामान लाद्ने व्यक्ति मलाइ त्यति मन पर्दैनन् । उनीहरुलाई मेरो खल्तीमा पैसा छ कि छैन, मलाई उक्त सामान चाहिएको छ कि छैन भन्ने कुरामा पटक्कै ध्यान छैन ।

फेरि एउटा ठिटो वेव्स्टर डिक्सनरी लिएर आयो ।
सर नमस्कार ! , हल्का मुस्कान छर्दै उसले नमस्कार गर्‍यो ।
नमस्कार, मन नलागी नलागी नमस्कार फर्काएँ ।

एउटा सपनाको अवसान

“कान्छी ! ए कान्छी ! छोरो कता गएछ हँ ?” काँधको कोदालो आागनमा राख्दै हर्केले सोध्यो । “होला नि त्यतै तिर खेल्दै ! घरमा आइपुग्न पाको छैन इनलाई छोराकै चिन्ता छ । ” कान्छीले रिसाएझैँ अनुहार पारेर भनी ।

कान्छी र हर्केको वैवाहिक जीवनको दशौँ वर्ष बितिसकेको छ । विवाह भएकै साल छोरो जन्मेको थियो । छोरो अहिले नौ वर्ष पुगेर दश वर्ष लागेको छ ।

कान्छीले लोहोटामा ल्याइदिएको पानीले हात धोएर दौराको फेरले हात पुछेर हर्के विगतका स्मृतिमा हराउँछ । दश वर्ष अगाडिका ती दिनहरु आँखा अगाडि सलबलाएर आउन थाले ।

बाटो

कृष्ण धराबासीको ‘आधाबाटो’ र उनकी धर्मपत्नी तथा आधाबाटोकी एक पात्र सीताजीले लेख्नुभएको आत्मावृतान्त ‘मैले हिँडेको बाटो’ पढेपछि मलाई लाग्न थाल्यो जीवनको यात्रामा पनि एउटा बाटोको आवश्यकता हुँदो रहेछ । हुन त बाटो बिनाको यात्रा सायद हुादैन क्यारे । दैनिक जीवन भोगाइ प्रकृया एउटा यात्रा र भोगिने समय बाटोको रुपमा रहादो रहेछ । धराबासीजी र सीता जीको लेखहरूको व्याख्या विश्लेषण गर्न यो लेख लेखिएको भने पक्कै होइन ।

मलाई तिम्रो डर लाग्छ ।

विदेशको भन्दा बढि स्वदेशकै भर लाग्छ,
त्यै भर पनि तोडी दिन्छौ मलाई तिम्रो डर लाग्छ ।

अन्धकारदेखि बिरक्तिएर ज्योति खोजी गर्दा,
किनबेचको बस्तु ठान्छौ विरोध गर्न कर लाग्छ ।

स्वाभिमानलाई थोक बजारमा बेच्न नसके पनि,
छानो चुहुने, ढल्न लागेको प्यारो मेरै घर लाग्छ ।

छद्म नाम र भेषमा विदेशको सयर भन्दा,
देशको सुगन्ध मिसिएको प्यारो मेरै थर लाग्छ ।

विदेशको भन्दा बढि मलाई स्वदेशकै भर लाग्छ,
त्यै भर पनि तोडी दिन्छौ मलाई तिम्रो डर लाग्छ ।

बिन्ती नेता ज्यू ,

बिन्ती नेता ज्यू एउटा कुरा गरिदेऊ न एकफेर
सगर छुन लागिसक्यौ अलिकति झरिदेऊ न एकफेर ।

बिन्ती नेता ज्यू एउटा कुरा गरिदेऊ न एकफेर
हाम्रो ठाउँ सबै ओगट्यौ अलिकति सरिदेऊ न एकफेर ।

बिन्ती नेता ज्यू एउटा कुरा गरिदेऊ न एकफेर
देशलाई पुरै रित्याइसक्यौ अलिकति भरिदेऊ न एकफेर ।

बिन्ती नेता ज्यू एउटा कुरा गरिदेऊ न एकफेर
संकष्टको नदि देशकै लागि तरिदेऊ न एकफेर ।

बिन्ती नेता ज्यू एउटा कुरा गरिदेऊ न एकफेर
आफ्नो लागि धेरै मर्‍यौ देशको लागि मरिदेऊ न एकफेर ।

आखिर कहाँ गयो ऊ ?

आँखा चिम्म गरी
संसार देख्छु भन्थ्यो ऊ,
सगरमा छलाङ् मारी
धर्ति टेक्छु भन्थ्यो ऊ ।

केशमा परेको तुषारो देखी
बेदनाले रुन्छु भन्थ्यो ऊ ,
बात गर्दैन संसार कोही
दिव्य वाणी सुन्छु भन्थ्यो ऊ ।

मेरी उनीलाई

मीठो प्यार चोखो माया जुनीजुनीलाई
सारा सुख, अगाध आस्था मेरी उनीलाई ।

लामो आशा अटल विश्वास सँधै भर नै
साँचो प्रित, जीवनको गीत साथ मै हुनीलाई ।
सारा सुख, अगाध आस्था मेरी उनीलाई ।

मीठो मुस्कान, अधरको हाँसो जीवन भर नै,
सुखको बास जीवनको आश साथमा रुनीलाई
सारा सुख, अगाध आस्था मेरी उनीलाई ।

गाली गरिरहूँ लाग्छ

अँझ पनि तिनै उकाली र
ओरालीका खुट्किलाहरूमा
यी पाइलाहरूलाई
तिखा तर अत्यन्तै कोमल स्पर्श गर्ने
रक्तिम माटोमा मुछिएका
चट्टानहरूमा लगातार
बढाइरहूँ लाग्छ ।

सायद म हारेछु क्यारे

युक्लिडको ज्यामितिसँग लुकामारी खेल्दै गर्दा
पाथागोरसको साध्यसँग तर्सँदैछु,
विभिन्न असमानताका रेखाहरूलाई
समानान्तर बनाउने प्रयास गर्दा गर्दै
अपवादको भुमरिमा जाकिंदैछु,
फेरि पनि उहि बिजगणितको गंजागोलसँगै
अंकगणितका खुट्किलाहरूमा
ज्यामितिलाई साथमा लिइ हिंड्दा

सिकलिसको एउटा केटो (ठिटो)

मानिस जन्मनु र मर्नु र नियति नै हो । जन्मेको मानिस एकदिन यस संसारलाई छोडेर सदाको लागि विलय हुनु यस ब्रम्हाण्डको रित हो । यसको खिलाफ कोही पनि जान सक्दैन र भविष्यमा पनि जाने छैन । यदि कोही गइहाल्यो भने त्यो मानिस नभई ईश्वर हुनेछ ।

जन्मेर मर्ने मानिसहरू र मरेर पनि बाँच्ने मानिसहरूमा यदि केही भिन्नता छ भने त्यो हो उसले बाँचेको जीवन । कोही मानिस मरेर पनि बाँच्दो रहेछ, यो सत्य हो । मेरा पिता मरेर पनि बाँच्नु भएको छ, उहाँका आफन्त, साथी भाइ र आफन्तको आँखामा । प्राय: सबै मानिसका सम्झने मानिसहरू हुन्छन्, त्यसैको आधारमा केही समयसम्म मृत्युपर्यन्त अमर रहन्छन् सम्झनामा ।

राष्ट्रकविका खिइसकेका पाइतालाहरु

गौरीमा धक फुकाएर वेदना पोख्ने कवि काठमाडौँ खाल्डोमा आएपछि जन्मथलो लम्जुङ्मा उनका पैतालाका डोबहरू मेटिइसकेछन् । आजभोलि उनको सुगन्ध लमजुङ्को पाखा पखेराबाट विस्तारै मेटिँदै रहेछ । उनले पौरख गरी स्थापना गर्न सहयोग पुर्याएको विद्यालय लम्जुङ उच्च मा.वि. आज पनि गाउँसहरको डाँडामा ती विगतका सम्झनाका थुङ्गाहरू जम्मा पारी माला उन्ने तरखरमा लागेछ । उनका छन्दहरूलाई गद्यमा रमाउने लम्जुङ्वासीहरूको यो पुस्ताले कितावमा मात्र सिमित बनाएछ ।

सेतो धरती : मेरो पर्गेटोरी

“सास फेर्नजस्तो सजिलो अरु केही हुँदैन क्यारे !”

“सास फेर्नजस्तो अप्ठ्यारो पनि अरु केही हुँदैन क्यारे !”

दार्शनिक लाग्छन् अमर यी वाक्यहरुमा । आफ्नो दार्शनिक चिन्तनलाई कथाको रुपमा उतारे जस्तो । तर यो वास्तविकता होइन रहेछ । जीवन दैनिक भोगिन्छ, त्यही भोगेको जिन्दगीको कथा रहेछ उनको ‘सेतो धरती’ ।

यौन विकृति कि मानसिक असन्तुलन ?

घटना नं. १
केही वर्ष अगाडि एउटा विद्यालयमा अध्यापन गर्ने सिलसिलामा विद्यालयको नियम अनुसार विहान प्राय सिनियर कक्षाका विद्यार्थीहरूको झोला जाँच गर्नु पर्ने हुन्थो । त्यसैको सिलसिलामा जाँच गर्दै जाँदा विद्यालयमा ल्याउन निशेध गरिएका केही सामानहरू विशेष गरि आइपोड, फोन आदि केही विद्यार्थीले लिएर आएको पाइयो । एउटा विद्यार्थीको झोलामा केही भि.सि.डि. हरू थिए ।

विद्यार्थीको विलौना

विश्वशिक्षाले नयाँ मोड लिइसक्यो गुरु तिमीले मोडे पनि हुन्छ,
जमाना मल्टिमिडियाको आइसक्यो गुरु चक र डस्टर छोडे पनि हुन्छ ।

तिमी मात्र आफूलाई जान्ने सम्झन्छौ कति म पनि त जान्दछु ,
लाटो बनौला है कक्षामा विना तयारी आउने बानी छोडे पनि हुन्छ ।
जमाना मल्टिमिडियाको ………………………..

आखिर रोजाइ कसको ?

मलाई कहिलेकाहीँ अचम्म लाग्छ ! मेरो स्वाभिमान र मेरो रोजाइको हालत देखेर । मनमा लागेको कुरा गर्न नपाउँदा मलाई हैरानी लाग्छ मलाई । आखिर रोजाइ कसको ?

बिहानै दाह्री काट्ने ब्लेड सकिएछ नजिकैको पसलमा दौडिएँ ।

‘साहुजी दाह्री काट्ने ब्लेड छ ?’, मैले सोधेँ ।

रुनेहरुको देश

यो देश रुनेहरुकै मात्र रहेछ किनकि यहाँ रुनेहरुको मात्र भाउ छ । जव देश राम्ररी हाँक्न असफल हुन्छन् अनि नेताहरु रुन्छन् । गोहीका आँसु झरेको देख्दा क्षमाशील नेपाली जनताले उनीहरुलाई क्षमा दिन्छन् । त्यहि नेता जब क्यामेराबाट ओझेलमा पर्छ , अट्टहास गर्दै हाँस्छ । ऊ दङ्ग पर्छ सोझा साझा नेपाली जनतालाई छक्याउन पाएकोमा । जनताहरु पनि यसरि रुने नेता पाएकोमा मक्ख पर्छन् , नेता रोएको समाचार बन्छ ऊ रातारात प्रख्यात हुन्छ । उसको रुवाइको भित्रि अर्थ केवल उसलाई मात्र थाहा हुन्छ । कमाइ खाने भाँडो प्वालपरेकोमा ऊ रोएको कसैलाई पत्तै हुन्न ।

संविधानबिनै चल्ने देश र चालकबिनै गुड्ने रेल !

भारतको जयनगरबाट जनकपुर आउने तयारीमा रहेको जेडईएन ५ -५३५) नम्बरको रेलको डिजेल इन्जिन चालकबिना नै २९ किलोमिटर गुडेर सोमबार जनकपुर आइपुग्यो । धेरै पत्रपत्रिकहरूले यसलाई मुख्य समाचार बनाए . श्रब्य र दृश्य संचार माध्यमहरु यो समाचारले भरिए । धन्न केही दुर्घटना भएन छ ! प्रमुख जिल्ला अधिकारी गौतमले आफूले चालक कवारीमाथि अविलम्ब कारबाही गर्न निमित्त महाप्रबन्धक रामेश्वर यादवलाई निर्देशन दिएको बताए छन् ।.

उफ् फेरि थप्यो

उफ् फेरि थप्यो

उफ् फेरि थप्यो
संविधानको म्याद
छ महिना धत्

उफ् फेरि थप्यो

उफ् फेरि थप्यो
संविधानको म्याद
छ महिना धत्

उफ् फेरि थप्यो

उफ् फेरि थप्यो
संविधानको म्याद
छ महिना धत्

ए मृत्यु अब

ए मृत्यु अब उनलार्य ऊ पनि आउँदैछ रे भन्दिनु
पासपोर्ट र भिजा बनाउनको लागि मृत्युशाला धाउँदैछ रे भन्दिनु

नपत्याउन सक्लान उनले त्यो पनि
सत्य सावित गर्न चित्रगुप्तालाई घुस खुवाउँदैछ रे भन्दिनु

आउनको लागि सुद्धै हुनुपरे पनि
टुकुचाको पानीले पवित्र अर्घ दिइ नुहाउँदैछ रे भन्दिनु

यति भन्दा पनि उनले पत्याएनन् भने
उनकै नाउँमा घुस र कमिशन सेवन गरी मर्दैछ रे भन्दिनु ।