Skip to content

प्रेम प्रसाद घिमिरे

मर्ने भइयो

अभाव अनि पथ पथका रोकाई सँगै मर्ने भइयो
हृदयमा धातु किला ठोकाई सँगै मर्ने भइयो
खोज्या चिज आकाशका फल जस्तै भए सबै,
कलेजोका कुना कानी टोकाई सँगै मर्ने भइयो ।
मानवको स्वाभावै हो मात्तिने र हुङ्कार बाँड्ने,
आफू भने नउम्लेको पोखाई सँगै मर्ने भइयो ।
जीन्दगीका कति कति परीक्षा हुन् दिनु पर्ने,
रात दिन अनगिन्ती जोखाई सँगै मर्ने भइयो ।
हुन्न यहाँ केही पनि रोई कराई जे गरे’नि,
आदर्शका हरफ हरफ घोकाई सँगै मर्ने भइयो ।
रुखो हाँसो हास्नु पर्छ, भित्र आँधी चल्या हुन्छ,
मस्तिष्कको गह्रौँ बोझ बोकाई सँगै मर्ने भइयो ।

नेताजीको बोली

सल्लेरीको हावा भयो नेताजीको बोली
सेलाएको तावा भयो नेताजीको बोली ।

हामीलाई उल्लु बनाई राजाइँ गरी छाडे,
मुलुकलाई धावा भयो नेताजीको बोली ।

माछा बस्ने ठाउँ छैन

माछा बस्ने ठाउँ छैन पुरिसक्यो कुर हजुर
हाम्रा घर घाइते भए चर्किएर सुर हजुर ।

चक्काजाम नेपाल बन्द टायर बल्यो सडकमा,
नेता भा’पो गाडी पाउनु, हाम्रा फुटे खुर हजुर ।