Skip to content

सुदर्शन पौडेल

मेरी उनी

धेरै दिनदेखिको इच्छा थियो गुरुकुलमा चलिरहेको नाटक “सुइना कर्नालीका” हेर्न जाने त्यो आज पूरा भएको छ । यो भन्दा अगाडि एकपटक गएको थिएँ “रिमाल नाटक घर” अर्थात् गुरुकुलमा जतिबेला द्वन्द्वका बेलामा एक गरीब परिवारको एकमात्र सन्तान द्वन्द्वमा जकडिएर हराएको र आमा बाबुले उसको फोटो हेरेर दिन काटिरहेको विषयवस्तु रहेको सामाजिक नाटक “पानी फोटो” चलिरहेको थियो ।

हुन त नाटक पौष २५ गतेसम्म चल्नेवाला थियो तर पनि म २० गते नै हतार हतार ठिक्क ४ः३० बजे पुगें किनकी मलाई नाटकको नशा पसिसकेको थियो । त्यसमाथि पनि कर्णाली जस्तो विकट जिल्लाहरुको संयोगले बनेको अञ्चलको भौगोलिक, सांस्कृतिक, तथा आर्थिक पक्षलाई समेटेर निर्माण गरिएको भएकोले मलाई अझ “सुइना कर्नालीका” ले तान्यो ।