बिहेको त्यो त्रास !
“अँ म त भगुसँगै बिहे गर्ने हो साह्रै मन” पर्यो भन्दै झन् गफ गर्न मच्चिइन् उनी (मेरो नाम भगवान भए पनि मामाघरमा सबैले भगु भन्नुहुन्थ्यो)। मलाई भने यत्री ठूली केटीले म जस्तो सानो केटासँग किन बिहे गर्छु भनेकी होली भनेर मनमनै चिन्ता पर्न थालेको थियो। उसको उमेर त्यस्तै सोह्र सत्र थियो होला म भने ११/१२ को त्यै पनि अलिक होचै थिएँ। उसले माया गरेर दिएका पाकेका बेलौती पनि मलाई फकाउन दिएजस्तो लाग्न थाल्यो। मलाई त साँचै उसले मसँग नै बिहे नगरी नछाड्ने भइ भने कसरी उसलाई दुलही बनाउने होला,दुलही भएपछि के गर्नु पर्ने हो भन्ने पनि थाहा नभएको त्यो उमेरमा एक्कासी आइलागेको यो टेन्सनले म भित्रभित्रै उकु