Skip to content

मोहन आचार्य जलद

जेलरको डायरीबाट

  • by

आजकल अचानक हेमन्त घोरिएको देखें । ऊ कसैसँग त्यति घुलमिल हुदैन । चुपचाप एक्लो कुनामा बसेर घोरिरहन्छ । उसलाई ज्यान मुद्दामा यहा ल्याएको पनि धेरै भयो । उसलाई भेट्न कोही आएको देखिन । चाडपर्वमा ऊ झन् बिरक्तिन्छ । मैले आफ्नो घरबाट ल्याएको काने कुरा दिदा उसका आँखा रसाउछ । भावुक हुदै भन्छ हजुर जस्तो मानिस मेरो जीवनमा साथसहयोग पाएको भए मेरो जीवनले मुक्ति पाउथ्यो उसका भनाइले मलाई च्वास्स घोच्यो । सोचे यसलाई ज्यान मुद्दामा फसाइएको हो भनी अड्कल काटें । उसका दिन चर्या हेर्दै गएँ त्यस रात उसैको बारेमा सोचिरहें ।