Skip to content

इल्या भट्टराई

सुनीता

कोही ढोकामा आएर ठिङ्ग उभिएको जस्तो लाग्यो र मैले टाउको उठाएर त्यसलाई छक्क परेर हेरें । एउटी २०, २२ वर्षी तरुनी केटी मेरो ढोकामा उभिएकी थिई, उसलाई म चिन्दिनथें । सम्झनाले विस्तारै आफ्नो उपस्थिति जनाउँदै ल्यायो । हेराइमा विस्तारै परिचयको उपस्थिति झल्किन थाल्यो । केटीको ओठमा स्मित हाँसो छाएको थियो अनि त मैले चिनिहालें ऊ सुनीता पो रहिछे ।

सल्सब्री र स्टोनहेन्जले लोभिएकी म

  • by

संसारका सात आश्चर्यमध्येको एक आश्चर्यलाई बेलायतले पनि आˆनो छातीमा सजाएको रहेछ । आˆनो देशमा रहेको त्यस्तो आश्चर्यमयी वस्तुको बेलायतजस्तो देशले विज्ञापन नगर्ने त कुरै भएन । आˆना तिनै विज्ञापनद्वारा नै उसले संसारभरिका पर्यटकहरूलाई त्यो वस्तु हेर्नका लागि कौतुहल जगाएको छ । अनि संसारभरिका लाखौँ पर्यटकहरूलाई आˆनो देशमा आउने तुल्याएको छ ।

सानुको आगमन

  • by

बिहान उठेर बाथरुम गएँ । त्यहाँको भयालबाट आपनो मूलढोकाबाहिर सामान्य पहिरनको कोही मानिस उभिरहेको देखेँ । अज्ञात आशङ्काले मन ढक्क फुलेर आयो, “को होला त्यो, यसरी एकाबिहानैदेखि ढोका कुर्ने ? यति सबेरै त कोही पनि भेट्न आउँदैन थिए ।”

मनमा नानाथरी खुल्दुलीहरू जन्मिए । एक्कासि डरको झस्को पस्यो । हालसालै यस्तै एकाबिहानै घटाइएका हृदयविदारक घटनाहरूले मुलुककै सातो लिइरहेको थियो । र, त्यस्ता दुर्घटनाहरू घटाउन बिहानको समय नै रोजिएको थियो ।