Skip to content

ज्योति नेपाल

सपनी मा

सपनी मा सधै तिमि, आउन मेरी सानु !
माया,पिरतीका गीत, गाउ न मेरी सानु !!

दु:खि तिम्लाई देख्न सक्दिन, तिम्लाई सधै साथ दिन्छु !
सबै पिडा अब म संग, बिसाउन मेरी सानु !!

साथ तिम्लाई सधै दिन्छु, कहिले कहिँ भुल होला !
सानोतिनो कुरा मा पनि, नरिसाउन मेरी सानु !!

तिमि पनि

तिमि पनि मलाई मन पराउछेउ कि सानु ?
मेरो समू भन्न लाई डराउछेउ कि सानु ?

बिपनी मा सम्झिएर सपनि मा देख्छ्यौ होला
मेरो नाम ली एकोहोरो बर बराउछेउ कि सानु ?

मा त सधै तिम्रो नै लिन्छु रे नाम रति
तिमि पनि मेरो ली कराउछेउ कि सानु ?

आर्को साल लिन तिम्लाई

आर्को साल लिन तिम्लाई, डोली लिई आऊँ कि ?
सिन्दुर, चुरा, पोते अनि, चोली लिई आऊँ कि ?

मन पर्छ भन्थ्यौ मलाई, तिम्रो बोली घरिघरि
तिम्लाई मन पर्ने मेरो, बोली लिई आऊँ कि ?

सँगै सँगै रातहरू

तिम्रो मेरो कति बिते, सँगै सँगै रातहरू !
सँगै बसी गर्थ्यौ हामी, मिठा मिठा बातहरू !!

आस्थाको दैलो खोली, स्वागत गरिसकेपछि !
भएका छन् आज फेरि, घात प्रतिघातहरू !!

चल्न थाल्यो हेर साथी, कहाँबाट आँधी हुरी !
झरेका छन् हेर साथी, बसन्त मै पातहरू !!

बोल्ने मन छैन

खै किन आज भोलि बोल्ने मन छैन !
मन भित्र गुम्सेको कुरा खोल्ने मन छैन !!

मनका कुरा खोल भन्थिन फोन अनि sms बाट !
फेरी आगो रापले छाती पोल्ने मन छैन !!

दु:ख पिडा बिर्सिएर बाच्छु अब आफ्नै सुरमा !
जिन्दगि भर आफ्नो मन पिरोल्ने मन छैन !1

जिन्दगि को यात्रा अब, अन्तै तिर मोडछु भन्थ्यौ

जिन्दगि को यात्रा अब, अन्तै तिर मोडछु भन्थ्यौ
मिल्ने जिबन साथी खोजि, अन्तै नाता जोडछु भन्थ्यौ!!!

अब मेरो जिन्दगिमा, फर्केर न आउभनि
तिम्रो मेरो नाता अब, सधै को लागि तोडछु भन्थ्यौ !!!

पाए भने गिन्दगी मा, आरु कोहि मैले साथी
उसको हात समाएर, तिम्रो साथ छोड्छु भन्थ्यौ !!!

मेरी आमा

मलाई सम्झी दिन रात आँशु, झार्दै होलिन मेरी आमा !
फोटो हेर्दै फोटोमा आशु, पार्दै होलिन मेरी आमा !!

असार आयो खरको छानो, चुहिएर घर भिज्ला !
छानो छाउदै घरको भित्ता, बार्दै होलिन मेरी आमा !!

बुबा आफ्नै काममा बेस्त, भाई पढ्न जानु पर्ला !
कुडो, पानी बस्तु-गोठमा, सार्दै होलिन मेरी आमा !!

उनको पनी रहर थियो, जेठो छोरोसँग बस्ने !
मन भित्रै आफ्नो रहर, मार्दै होलिन मेरी आमा !!