गोपाल कल्पित

जिन्दगी

खहरेलाई थाम्ने बाँध हो जिन्दगी
देश थाम्नेलाई काँध हो जिन्दगी
किन दुखी हुनु जति सक्छौँ रमाऔ
दु:ख र सुखको दोसांध हो जिन्दगी ।।।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पल पल मरे पनि

पल पल मरे पनि जिँउछु सके जति
यस्तो लाग्छ काल रात्रीमा पिँउछु सके जति
भो तिमी समीप नआउ व्यर्थै आँशु झर्छन् मेरा
बरु एक्लै फाटेको मन सिँउछु सके जति ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आमा

झिसमिसेमै दैलो आगन पोत्दै होलिन मेरी आमा
चुहिने घरमा कतै ओत खोज्दै होलिन मेरी आमा

फाट्यो होला चोली पनि जस्तै बुढो मन फाट‌्यो
सिउन एक दिन आउला छोरो सोच्दै होलिन मेरी आमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •