Skip to content

गोपाल कल्पित

पल पल मरे पनि

पल पल मरे पनि जिँउछु सके जति
यस्तो लाग्छ काल रात्रीमा पिँउछु सके जति
भो तिमी समीप नआउ व्यर्थै आँशु झर्छन् मेरा
बरु एक्लै फाटेको मन सिँउछु सके जति ।।

आमा

झिसमिसेमै दैलो आगन पोत्दै होलिन मेरी आमा
चुहिने घरमा कतै ओत खोज्दै होलिन मेरी आमा

फाट्यो होला चोली पनि जस्तै बुढो मन फाट‌्यो
सिउन एक दिन आउला छोरो सोच्दै होलिन मेरी आमा