बिद्रोही (अनूदित कथा)
(संसारको सबै हतियारको बिरूद्ध प्रतिरक्षा प्रणाली छ, तर सबैभन्दा घातक हतियार मानवको बिरूद्ध कुनै प्रतिरक्षा प्रणाली छैन।)
क्रुद्ध ट्रुपर लेन, टमामी स्क्वेरको माथि ३००० फीटको उचाईमा विचरण गरिरहेको थियो।
शल्यक्रियाद्वारा उसमा स्थापित शीतल यान्त्रिक दिमाग – साइब्रेन समस्यासँग जुधीरहेको थियो। तर ऊसँग कुनै धैर्यता थिएन। उनीहरू पसिनै-पसिना हुनेछन, उसको शरीरलाई यताउता लैजाने चीसो वायु प्रवाहसँग दिक्क मान्दै ऊ सोच्दथ्यो। टमामी स्क्वेरको सीमामा स्थापित तीन टावरहरूतिर ऊ एकतमासले हेर्दै उसले थुक्यो र त्यो झर्दै गरेको थुकको सेतो दानालाई हेरीरह्यो, हेरीरह्यो। (लौ अब थुन मलाई सैन्यागारमा। मैले छोटो समयको बिश्राम त मागेको थिएँ। मैले उनीहरूको लागि चिसँग युद्ध गरेँ।
