Skip to content

Praladh Acharya

जय फेसबुक

पहिला पहिला धेरै चाडहरू पात्रो नहेरेको कारणले छुट्थे । तर आजकाल पात्रो हेर्नु नपर्ने भएको छ । केही दिनअघि हिन्दु महिलाहरूको ठुलो चाड हरितालिका तीज पनि सकियो । हरितालिका तीजको बारेमा पनि फेसबुकमा १ महिनाभन्दा अगाडिदेखि दरखाने कार्यक्रमदेखि लिएर तीजको कार्यक्रम सबै फेसबुकमा नै देख्न पाइयो । आज यहाँ दर खाने कार्यक्रम छ । आउनुहोस हैदेखि लिएर धेरै शुभकामना फेसबुकमा देख्न पाइयो ।

दिदीको माया

आफ्नो आमाको गर्भबाट जन्मेको दिदी बहिनी नभएपछि जति नै अर्कालाई आफ्नो दिदी बहिनी बनाए पनि नहुने रहेछ । आफूलाई आफ्नो लागे पनि उनीहरूलाई आफ्नो नलाग्ने रहेछ । दिदी बहिनीको माया पाउनका लागि जति मरिमेटे पनि नपाइने रहेछ । यस्तै छ कथा, यस्तै छ ब्यथा दिदी बहिनी नहुनेहरूको ।