Skip to content

टक गुरुङ

कल्पना भन्छे (गजल)

कल्पना भन्छे अझै उडु, रहर भन्छे औधी लाग्यो थकाई
सन्तोषसँग नाता जोड्छु, ताराको देश तिमिलाइ बधाई

सुम्सुम्याउँछ त्यो सिरक, सिरानी उही मेरो पुच्छ आँसु
खाट मुर्धो मौन बस्छ, निष्ठुरी रातले चिमोट्दा मलाई

बेबारिसे बादल

बेबारिसे बादल म त थात थलो नसोध है
हावासँगै हिन्नु पर्छ यता उता भौतारिँदै

थकाइ मारूँ एक्कै छिन दृश्य छोप्ने बात लाउँछन
पक्षपाती जात मान्छे परेलीको गीत गाउँछन्
आज तिम्रो बस्तीमा छु,कहाँ पुग्छु भोलि त खै
हावासँगै हिन्नु पर्छ यता उता भौतारिँदै